गैंडाकोटमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सुरु

0

गैडाकोट, १ मंसिर । श्री लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ भजन कीर्तन समूह गैंडाकोटले मन्दिरको सर्वाङ्गीण विकासका लागि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ २०७६ शुरु भएको छ ।

आजदेखी ८ गतेसम्म कांग्रेस चोकदेखी उत्तरपट्टि रहेको मन्दिर परिसरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ शुरु गरिएको हो । समुदघाटन समारोहको महेश सन्यासा आश्रमका पीठाधीश १००८ स्वामी डा. रमणानन्दजी बाट समुद्घाटन गर्नुभएको हो । वैदिक सनातन हिन्दु धर्म र संस्कृतिको पालना र जगेर्ना गर्दै सत्स∙ भवन निर्माण, वृद्धाश्रम निर्माण, मन्दिर परिसरमा रहेको जग्गा खरीद र मन्दिर विस्तार, कम्पाउण्डवाल निर्माण, गौमाताको रक्षा लगायतका कार्यका लागि महायज्ञ गर्न लागिएको मन्दिरका सचिव बासुदेव आचार्यले जानकारी दिनुभयो ।


महायज्ञमा पण्डित दीपक सापकोटा र पण्डित माधवप्रसाद चालिसेले कथा वाचन गर्नुहुने छ । महायज्ञ मूल समारोह समितिका संयोजक घनश्याम कंडेलले महायज्ञमा उपस्थित भई तन, मन र धनले सहयोग गर्न सवैमा आग्रह गर्नुभएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ८ र ४ को सिमानामा रहेको मन्दिर स्थानीय धर्मावलम्बीको सक्रियतामा २०७२ सालदेखी मन्दिर स्थापना गरि पुजाआजा शुरु भएको थियो ।

गैंडाकोट ८ निवासी पद्मिना आचार्यले प्रदान गर्नुभएको तीन धुर भुमि र समूहद्वारा संकलित रकमबाट पाँच धूर किनेर जम्मा आठ धूरमा स्थापित मन्दिरलाई अझै विस्तार र व्यवस्थित गर्नका लागि महायज्ञको आयोजना गरिएको हो । धर्मानुरागीहरुको वढ्दो चापले स्थानको अभाव देखिएकाले मन्दिर निकट रहेको जग्गा खरीद तथा भवन विस्तार गर्ने मुख्य उद्देश्य रहेको श्री लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ भजन कीर्तन समूहका अध्यक्ष हरिश्चन्द्र पराजुलीले जानकारी दिनुभयो । यसअघि मुक्तिनाथ भजन समूह गैडाकोट ८बाट कलश शोभायात्रा नारायणी नदीसम्म नगरपरिक्रमा गरिएको छ । पञ्चेबाजा र बिभिन्न झाकीसहित कलश यात्रा गरिएको हो ।

Share.

Leave A Reply