विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाका नयाँ कार्य समितिद्वारा सपथ ग्रहण

0


गैंडाकोट, मंसिर १ ।
सामुदायिक रेडियो विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको नव गठित कार्य समितिले सपथ ग्रहण गरेको छ । आईतबार आज बिहान विजय विकास स्रोत केन्द्रको सभाहलमा निर्वाचन समिति संयोजक केशवप्रसाद सापकोटाले सपथ ग्रहण गराउनुभएको हो । शनिबार १९ औं वार्षिक साधारणसभा तथा सातौ अधिवेशनले सर्वसम्मत ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको थियो ।


नव गठित समितिको अध्यक्षमा भुमिराज चापागाई रहनुभएको छ । जसको उपाध्यक्षमा रामहरी शर्मा, सचिवमा गिरीराज लम्साल, कोषाध्यक्षमा भानु रिमाल, सहसचिवमा साबित्रि सापकोटा (सन्ध्या) रहनुभएको छ । त्यस्तै सञ्चालक समिति सदस्यहरुमा टंकनाथ पौडेल, शारदा झेंडी मगर, मोती चालिसे, विरेन्द्रलाल श्रेष्ठ (गोविन्द), गोकुल भण्डारी र शान्ति भुषाल आचार्य रहनुभएको छ । यस्तै लेखा सुपरिवेक्षण समितिमा युवराज सापकोटा (बासु) सदस्यहरुमा वद्रिनाथ लम्साल र ज्ञानु सापकोटा चयन हुनुभएको छ ।
सपथ ग्रहण कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष भुमिराज चापागाईले रेडियो र पत्रिकाको शाख मर्न नदिनेगरि योजना ल्याउने र सोही अनुरुप लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


पद हस्तान्तरण गर्दैै निवर्तमान अध्यक्ष गोपीनाथ खरेलले आफ्नो कार्यकालमा भवन स्थापना, प्रशारण क्षमता विस्तार लगायतका महत्वपूर्ण कार्य सम्पन्न भएको र कर्मचारीहरुको निरन्तरताको लगावले आगामी दिनमा काम गर्न अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो ।


संस्थापक अध्यक्ष खेमराज सापकोटाले विगतका तुलनमा संस्था अझै मजबुत बन्दै गईरहेको अवस्थामा काम गर्न सहज हुने बताउँदै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
निर्वाचन समितिका संयोजक केशवप्रसाद सापकोटाले जिल्लाको पहिलो र वढि क्षमता रहेको रेडियोको पहिचान बोकेका संस्थाका रुपमा रहेको र समाजमा यसले पारेको छाप मर्न नदिन नव निर्वाचित समिति सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजिकरण सस्ंथाका स्टेसन म्यानेजर श्रीधर उपाध्यायले सहजिकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply