मोटरसाईकल अनियन्त्रित भएर पल्टिदा चितवनमा १ जनाको मृत्यु

0

माया कंडेल

चितवन, कार्तीक ३०
चितवनको रामनगरमा गएराती मोटरसाईकल अनियन्त्रित भएर पल्टिदा एकजनाको मृत्यु भएको छ । गयराती ११ः ५० बजेको समयमा जि.चितवन भरतपुर म.न.पा.(१ ठिमुरा स्थित भित्री सडक खण्डमा रामनगर बाट ठिमुरा तर्फ जाँदै गरेको ना१५प ५१४१ नं. को मोटरसाईकल आँफै अनियन्त्रित भई पल्टिन जाँदा मो.सा. चालक भरतपुर १ बस्ने बर्ष ३५ को डिल्लिराम गौतमको भरतपुर अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply