नारायणगढ बुटवल सडक विस्तारः वन पैदावरमा विवाद, डिभिजन वन नवलपुरले हातले लेखेर नयाँ कुरा थपेको आरोप

0

डोलराज रानाभाट, गैडाकोट, २९ कार्तिक । सामुदायिक वन उपभोक्ता महासँघ नेपाल नवलपुर शाखाले डिभिजन वन कार्यालय नवलपुरको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


नारायणगढ वुटवल सडक खण्ड विस्तारको क्रममा काटिने रुखहरुको पैदावर सम्वन्धित सामुदायिक वन उपभोक्तालाई हस्तान्तरण गर्न माग गरेको हो । जिल्ला अध्यक्ष ठाकुर प्रसाद पाण्डेद्धारा हस्ताक्षरीत प्रेस विज्ञप्ती मार्फत डिभिजन वन कार्यालय नवलपुरमा भएको निर्णयमा राखिएको शब्दावलीमा कडा आपत्ति जनाएको हो ।

रुखहरु कटान गर्न भनी वसेको बैठकमा काटिएका रुख सम्वन्धित सामुदायिक वन उपभोक्ता समुहलाई हस्तान्तरण गर्न सकिने÷ नसकिने विषयमा आवश्यक निर्णयका लागि वन विभागमा लेखि पठाउने भन्ने शव्दावली प्रति महासंघले आपत्ति जनाउदै आज विज्ञप्ती जारी गरेको हो ।

विज्ञप्ती मार्फत पहिला निर्णयमै सम्वन्धित सामुदायिक वन उपभोक्तालाई प्रदान गर्न सिफारिस गर्ने भनेर भन्ने पछि निर्णय पुस्तिका वन्द गरिसक्दा हातले लेखेर उक्त शब्दावली थप गरेको प्रति आपत्ति जनाउँदै तत्काल बैठक राखेर कटान भएका रुखहरु सम्वन्धित सामुदायिक वन उपभोक्ता समुहलाई हस्तान्रण गर्ने गरी विभागमा सुझाव पठाउन माग गरिएको छ । अध्यक्ष पाण्डेले निर्णय गरिएको प्रकृति र शब्दावली प्रति आपत्ति जनाएको र डिभिजनले उपभोक्ता समुहलाई ती वन पैदावर हस्तान्तरण गर्न भूमिका खेल्नुपर्नेमा त्यसो नगरेकाले विज्ञप्ती निकाली सचेत गराइएको बताउनुभयो ।

यदि नियमानै वन कार्यालयलाई दिनुपर्ने वाध्यकारी व्यवस्था हो भनेपनि सवै सम्वन्धित पक्षलाई राखेर अर्को निर्णय गर्नुपर्ने तर कम्प्युटर टाइपिङ भइसकेर निर्णयपुस्तिका वन्द गरिसकेर पनि हातले अरु व्यवस्था थप गरिएको प्रति आपत्ति जनाइएको हो । साथै रुख कटान गर्दा सम्वन्धित सामुदायिक वन उपभोक्ता समुहलाई फिल्डमै रहन आग्रह पनि गरिएको छ ।

Share.

Leave A Reply