घाइतेको उपचार खर्च नगरपालिकाले व्यहोर्ने – नगरप्रमुख पौडेल

0


गैँडाकोट, २९ कार्तिक । नवलपुरको गैँडाकोट ३ हर्दीखोलामा बोलेरो जिप दुर्घटनाका घाइते मध्ये ५ जनाको चितवन मेडिकल कलेज उपचार जारी रहेको छ । हिजो भएको दुर्घटनामा १४ जना घाइते भएको थियो । घाइते मध्ये ९ जनाको डिस्चार्ज भएको छ । उपचाररत ५ जना घाइतेको अवस्था मध्यम रहेको छ । सिएमसिका प्रहरी जवान रमेश रिजालका अनुसार मिरा गुरुङ, सुरेश तामाङ, डिलबहादुर ढेगा मगर, राजेश पुरी र सन्चु चौधरीको उपचार जारी रहेको छ ।
द्ुर्घटना भएको जानकारी पाएलगत्तै गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल घटनास्थल पुगेर घाइतेहरुलाई समयमै अस्पताल पु¥याउन पहल गर्नुभएको थियो । उद्धार कार्यमा सक्रिय भूमिका खेल्नुभएका नगरप्रमुख पौडेलले घाइते ल्याउँदा लागेको एम्बुलेन्स खर्च र उपचार खर्च नगरपालिकाले व्यहोर्ने बताउनुभएको छ । हर्दी पुलबाट हर्दी गाउँ जादै गरेको बा ११ च ७०८३ नम्बरको बोलेरो दुर्घटनामा परेको हो ।

Share.

Leave A Reply