गैडाकोट ३ को हर्दि खोलामा बोलेरो दुर्घटना ः घाइते मध्ये १० जना आज डिस्चार्ज हुने, ४ जनाको उपचारी जारी

0

डोलराज रानाभाट, गैडाकोट, २९ कार्तिक । नवलपुरको गैडाकोट ३ हर्दि खोलामा भएको बोलेर दुर्घटना हुँदा घाइते भएका १४ मध्ये १० जनालाई आज डिस्चार्ज गरिने भएको छ । हिजो साँझ साँढे ७ बजेको समयमा बा ११ च ७०८३ नम्वरको बोलेरो दुर्घटनामा परेको थियो । जसमा सवार १४ जना घाइते भएका थिए ।

उनीहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भएपछि १० जनालाई आज डिस्चार्ज गरिने र अन्य ४ जनाको भने उपचार जारी रहेको प्रहरीले जनाएको छ । हर्दिमा पुल निर्माण गरि रहेको कुन्दी कन्स्ट्रक्सन देवपुरको बोलेरोमा क्षमता भन्दा तीन गुणा यात्रु चढाएर यात्रा गराउदा दुर्घटना भएको हो । पुल निर्माणका कामदार र स्थानीय सहितको समुह गाउँतर्फ जाँदै गर्दा दुर्घटना भएको वडा अध्यक्ष शिवकान्त तिवारीले जानकारी दिनुभयो । दुर्घटनामा परि गम्भिर घाइते कैलाली लम्की ८ वस्ने वर्ष ३५ का सन्चु चौधरी, चालक धादिङ दादीघाट ८ का २० वर्षिय सुरेश तामाङ, नवलपुर जिल्ला मध्यविन्दु १२ का ४० वर्षिय डिल वहादुर ठेगामगर, गैडाकोट ३ हर्दिका १९ वर्षिय राजेश पुरीको उपचार जारी रहेको छ । उनीहरु खतराबाट मुक्त रहेको प्रहरी जवान रमेश रिजालले जानकारी दिनुभयो ।

घाइते मध्ये गैडाकोट ३ हर्दि वस्ने ११ वर्षकी विद्या गुरुङ,सोही ठाउँ निवासी ४० वर्षिय मिरा गुरुङ, २ वर्षिय यनोश गुरुङ,१० वर्षिय शरन गुरुङ, ३७ वर्षिय डोलमाया गुरुङ, ५८ वर्षिय जगत दाहाल,धादिङ धार्के ८ का वर्ष २३ का शंकर थापा, बारा पचरौटा ६ वस्ने वर्ष २४ का कमलेश कुमार यादव, रोल्पा लिवाङ ९ बस्ने वर्ष ३० का विकास विक, रोल्पा रेउगा गापा ३ का १४ वर्षिय मुनाल विकलाई उपचार पछि आज डिस्चार्ज गरिने भएको हो । सामाजिक संजाल युटुवमा भाइरल हर्दिका भिमबहादुर बिकको ५१ औं जन्मदिन मनाउन आयोजनाको बोलेरो लिएर स्थानीय सहित पुल निर्माणमा सहभागीहरु गाउँतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।

Share.

Leave A Reply