Breaking: गैडाकोट नगरपालिका वडानम्वर ३ को हर्दि खोलामा बोलेरो दुर्घटना, ३ जनाको अवस्था गम्भिर

0

डोलराज रानाभाट, गैडाकोट, २८ कार्तिक । गैडाकोट नगरपालिका वडा नम्वर ३ हर्दि जाँदै गरेको बोलेरो अघि साँझ ७ बजेतिर दुर्घटनामा परेको छ । दुर्घटना हुँदा स्थानीय करिब १४ जना घाईते भएको वडाअध्यक्ष शिवकान्त तिवारीले जानकारी दिनुभयो । ३ जनाको अवस्था गम्भिर रहेको र  घाइतेलाई नयाँ मेडिकल कलेजमा उपचार जारी रहेको र अन्यको उद्धार कार्य जारी रहेको उहाँले बताउनुभयो । हर्दि खोलामै  बलेरो दुर्घटनामा परेको हो । सामाजिक संजाल युटुवमा भाइरल हर्दिका भिमबहादुर बिकको ५१ औं जन्मदिनमा जान लागेका स्थानीय र त्यही पुल निर्माणका लागि रहेका मजदुरहरु दुर्घटनामा परि घाइते भएका हुन् । हर्दि खोलमा पुल बनाइरहेको आयोजनाको बा ११ च ७०८३ नम्वरको बोलेरो दुर्घटनामा परेको र हर्दि पुलबाट गाउँतर्फ जान लाग्दा दुर्घटना भएको गैडाकोट प्रहरीले जानकारी दिएको छ । साँझ ७ बजेर ३५ मिनेटमा दुर्घटना भएको र घाईतेहरुको संख्या यकीन नभएको प्रहरीको भनाई छ । अहिले उद्धारको कार्य जारी रहेको छ ।   विस्तृत विवरण आउ वाँकी छ ।

Share.

Leave A Reply