नेपालभर ३३ प्रतिशत मधुमेहका विरामी, चाँडै उपचार नगरे दृष्टिविहीन ःडा सुनिल पौडेल

0

हिमा अर्याल, गैडाकोट,२८ कार्तिक । आज विश्व मधुमेह दिवस । विभिन्न कार्यक्रम गरी यस रोगबाट बच्ने उपायका बारेमा जनचेतना कार्यक्रम गरिदैछ । पछिल्लो तथ्याङ्क अनुसार नेपालको कुल जनसंख्याको ३३ प्रतिशत जनता मधुमेह रोगबाट पीडित रहेको सरकारी चिकित्सक संघका उपाध्यक्ष बरिष्ठ विशेषज्ञ डा सुनिल पौडेलले जानकारी दिनुभयो । बिजय एफएमको दैनिक कार्यक्रम आजको सवालमा कुराकानी गर्दै डा. पौडेलले पछिल्लो क्रममा यस रोगको निराकणका लागि जनचेतनामा वृद्धि भएको बताउँदै सवैभन्दा धेरै शहरी क्षेत्रमा १५ प्रतिशत जनतामा मधुमेह देखिएको बताउनुभयो ।

शरिरमा गुल्कोजको मात्रा बढि हुनु नै मधुमेह रोग भएको बताउँदै डा. पौडेलले विश्वभर ४२ करोड २० लाख मानिसमा मधुमेहको संक्रमण देखिएको र १६ लाख को मधुमेहका कारण मृत्यु भइसकेको बताउनुभयो भने ८ .५ प्रतिशत मधुमेहबाट पिडित रहेको उहाँको भनाई थियो । नेपालमा मधुमेहको अवस्था बढ्ने क्रममा रहेको र शहरी क्षेत्रमा धेरै मधुमेहका रोगीहरु रहेको उहाँको भनाई छ । जनचेतनासँगै परिक्षण गर्नेको सख्या पनि बढ्दै गएको उहँले बताउनुभयो ।

यसका लक्षणहरु:
बढि पिसाव लाग्ने,

भोक बढि लाग्ने,

खुट झमझमाउने,

छालामा घाउखटिरा आउने,

घाउ लामो समय सम्म निको नहुने,

पक्षघात समेत हुने बताउनु भयो ।

मधुमेह सरुवा रोग नभएको र यसमा टाइप १ र टाइप २ का लक्षणहरु आउने बताउनु भयो । जसले मादकपदार्थ सेवन गर्छ, धुमपान गर्ने, मोटोपन बढि भएको व्यक्तिहरुमा यो रोग धेरै देखिने गरेको पौडेलले बताउनु भयो । सन्तुलित उत्पादन मा घटवढ हुदा यो रोगले खतरनाक रुप लिने र कसैको मृत्यु समेत हुने गरेको बताउनु भयो ।

कसैकसैमा मधुमेह लामो समय सम्म रहिराख्दा

आखामा असर देखि आँखानै नदेख्ने हुन सक्ने ,

मृगौलामा असर गर्ने जस्ता समस्या आउने गरेको पौडेलको भनाई छ ।

यसबाट जोगिन वर्षमा एक पटक मधुमेहको अवस्था के छ यसवारे विशेषज्ञ डाक्टर संग चेकजाच गर्नु पर्ने र स्वस्थकर खानपिनमा जोड दिन आग्रह गर्नु भयो ।

दैनिक पसिना आउने गरि हिडडुल गर्न र बोसो युक्त खाना नखान समेत उहाँले सुझाउनुभयो ।

अन्तरवार्ता :

आज विश्व मधुमेह दिवस । खासमा के हो मधुमेह रोग कसरी बच्न सकिन्छ यसबाट ? कुराकानी गर्दै सरकारी चिकित्सक संघ नेपालका उपाध्यक्ष डा. सुनिल पौडेल ।

Posted by Vijaya FM on Wednesday, 13 November 2019

Share.

Leave A Reply