पशुधनीले सडकमा गाई छोडे कारवाही गर्नुः सर्वोच्च

0

कार्तिक २८ । अवदेखि पशुधनीले गाईलाई सडकमा छाडेर अस्तव्यस्त पारे कारवाही हुने भएको छ । सर्वाेच्च अदालतले राष्ट्रिय जनावर गाईको संरक्षण गर्न सरकारका नाममा परमादेश जारी गरेको गर्दै यसको व्यवस्थापन गर्न भनेको हो ।
गाईगोरु संरक्षण तथा सडकमा छोड्नेलाई कारवाहीको माग गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा फैसला गर्दै न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र पुरुषोत्तम भण्डारीको इजलासले संविधानतः राष्ट्रिय जनावर घोषित गाईसहित गोरु बाच्छा बाच्छीको संरक्षण गर्न परमादेश जारी गरेको हो।
‘जहाँ जहाँ समस्या देखिएको छ, त्यहाँको प्रदेश तथा स्थानीय तहहरु समेतको सहकार्य, सहयोग र समन्वयमा त्यस्ता छाडा पशुको साथै किसानले पालिरहेका पशुपंक्षीको तथ्यांक संकलन गर्ने, पालिएका सबै पशुहरु पहिचान हुन सक्ने गरी ट्यागिङ गर्ने र कम्प्युटर प्रविधिको माध्यमले समस्याग्रस्त क्षेत्रमा पहिलो चरणमा र त्यसपछि देशैभरी पशुहरुको तथ्यांक लिने व्यवस्था मिलाउने’, फैसलामा भनिएको छ ।

Share.

Leave A Reply