चितवनका ३ वटा वडामा को को उम्मेदवार ??

0

गैडाकोट, कार्तिक २७ । आगामी मंसिर १४ गते चितवनको तीन वटा वडामा हुने वडाअध्यक्ष पदको उप निर्वाचनका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आज पूर्वी चितवनको खैरहनी वडा नं.४ का लागि चार जनाले उम्मेदवार मनोनयन गरेका छन् । जसमा सत्तारुढ दल नेकपाको तर्फबाट वेदबहादुर अधिकारीले,प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तर्फबाट देवबहादुर बस्नेतले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट अनोज अधिकारीले , राप्रपा (संयुक्त)को तर्फबाट सीताराम थापाले उम्मेद्वारी दर्ता गराउनुभएको हो । वडा नं.४ का तत्कालिन अध्यक्ष नरेन्द्रनाथ अधिकारीको सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । यस वडामा कुल दुई हजार ६ सय ९२ मतदाता रहेका छन् ।
त्यस्तै खैरहनी वडा नं.५ मा हुने वडा अध्यक्षका लागि हुने उपनिर्वाचनमा पनि चार जनाले मनोनयनपत्र दर्ता गराएका छन् । जसमा सत्तारुढ दल नेकपाको तर्फबाट पुननारायण प्रधानले,प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तर्फबाट प्रतिमा कार्की (बस्नेत)ले,समाजवादी पार्टीको तर्फबाट विकन महतो थारुले,राष्ट्रिय नागरिक पार्टीको तर्फबाट बलराम चौधरीले उम्मेद्वारी दर्ता गराउनुभएको छ । दुई हजार एक सय ११ जना मतदाता रहेको वडा नं.५ का तत्कालिन अध्यक्ष विश्व विजय बस्नेतको सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
यस्तै भरतपुर–१६ मा हुने वडा अध्यक्षको उप निर्वाचनका लागि पाँच जनाको उम्मेद्वारी परेको छ । सत्तारुढ दल नेकपाबाट भक्तराज हमालले, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको तर्फबाट अमृतराज हमालले,समाजवादी पार्टीका तर्फबाट अम्मर बहादुर थापाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का तर्फबाट विष्णुप्रसाद त्रिपाठीले,राष्ट्रिय नागरिक पार्टीका तर्फबाट धनप्रसाद घलेले उम्मेद्वारी दर्ता गराउनुभयो । भरतपुर १६ का तत्कालिन अध्यक्ष चतुरबहादुर गुरुङको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

Share.

Leave A Reply