लक्ष्मी हेल्प फाउण्डेशनको रक्तदान कार्यक्रम सम्पन्न

0

गैडाकोट, २७ कार्तिक । परिवर्तन हरेकले आफैंबाट गर्नुपर्छ भन्ने आदर्श सोचका धनी स्वर्गीय लक्ष्मण अधिकारीको वार्षिक पुण्यतिथिका दिन आयोजित खुल्ला रक्तदान कार्यक्रममा ७ जना महिलासहित २६ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा स्वर्गीय अधिकारीको सहयोगी व्यवहारको खुलेर चर्चा गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रतिनिधि सभा सदस्य एवम् नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री प्रा.डा. शशांक कोइरालाले सामाजिक विकासमा अधिकारीले पु¥याउनुभएको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै उहाँले देखाएको पदचाप पछ्याउन परिवारजनलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता एवम् सांसद कृष्णचन्द्र नेपालीले पर्वत र नवलपुरमा स्वर्गीय अधिकारीले गर्नुभएको सहयोग आफैंमा अनुकरणीय रहेको बताउनुभयो । कार्यक्रमका अर्का विशेष अतिथि गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेल सापकोटाले रक्तदान जस्तो पवित्र कार्यको आयोजना र गरिबलाई सहयोग गर्ने मानिसको समाजमा सम्मान हुनुपर्ने बताउनुभयो । कार्यक्रममा पर्वत महाशिला गाउँकार्यपालिका वडा न. ५ का वडाध्यक्ष जीवन उच्चै ठकुरीले सहयोग गर्दै गर्दा अधिकारीको अवसान भएकोले सो कार्यलाई परिवारले निरन्तरता दिएको बताउनुभयो । कार्यक्रम लक्ष्मी हेल्प फाउण्डेशन गण्डकी प्रदेशका सचिव सुरज जोशीको अध्यक्षता एवम गोविन्द रिमालको सहजीकरणमा सम्पन्न भएको हो ।

वि.स. १९९६ कार्तिक १२ गते पर्वत जिल्लाको महाशिला गाउँकार्यपालिका वडा नं ५ मा जन्मनु भएका स्वर्गीय अधिकारीको सोही ठाउँमा रहेको एक विद्यालयलाई कम्प्युटर जन्य सामग्री सहयोगको दौरानमा गत मंसिर ८ गते देहावसान भएको हो ।

उहाँका हाल एक पत्नी ४ छोरा ४ बुहारी र १२ जना नातिनातिना गैंडाकोट वडा नं ८ मा बसोबास गर्दै आएका छन् । कार्यक्रममा नेरेसो नवलपुरका सभापति मदनभक्त अधिकारी, गैंडाकोट वडा नं ८ का वडाध्यक्ष डिलाराम रिजाल, स्थानीय समाजसेवीहरु घनश्याम कंडेल, द्रोण वनसन्यासी, तारापति खरेल, कमल पराजुली, गोपीनाथ खरेल, महादेवी कट्टेल, शंकरनाथ आचार्य, कुलनाथ कंडेल, तुलसीराम गौतम,ज्ञानप्रसाद खनाल लगायतको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply