उपनिर्वाचन २०७६ ः बौदीकाली ५ मा वडा अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी

0


माया कंडेल
कार्तिक २७, नवलपुर । आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नवलपरासी (वर्दघाट सुस्तापूर्व) बौदीकाली गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ ।
वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का खिमबहादुर थापा खरु मगरको उम्मेदवारी परेको छ । उहाँको प्रस्तावकमा पूर्णबहादुर रान र समर्थकमा बेलबहादुर राना मगर रहनुभएको छ । खिमबहादुर खरु मगर वौदीकाली ५ का वडाअध्यक्ष स्व. दलबहादुर खरु मगरका जेठा छोरा हुन् ।
यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको तर्फबाट तुलबहादुर राना (अनिल) को उम्मेदवारी परेको छ । उहाँको प्रस्तावकमा लुलसिंह लुङ्गेली मगर र समर्थकमा शेरबहादुर रानामगर रहनुभएको छ ।
त्यसैगरी सरकारमै रहेको समाजवादी पार्टीका तर्फबाट पितमबहादुर रानाले उम्मेदवारी दिनुभएको छ । उहाँको प्रस्तावकमा आईतबिर रानामगर र समर्थकमा लिलाम्बर लुङ्गेली मगर रहनुभएको जिल्ला निर्वाचन कार्यालय नवलपरासी (वर्दघाट सुस्तापूर्व)का जिल्ला निर्वाचन अधिकारी सुदीप पाण्डेले जानकारी दिनुभयो ।
उनिहरु वौदिकालीको ढेडगाउँमै स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका हुन् । सो अघि उनिहरुले ¥याली समेत निकालेका थिए ।


तत्कालीन नेकपा (एमाले)बाट निवार्चित वडाध्यक्ष दलबहादुर खरूमगरको निधन भएपछि रिक्त उक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो । मतदानका लागि सोही वडाको जौबारीस्थित उदय आधारभूत विद्यालयमा एउटै मतदान केन्द्र तोकिएको छ । वडामा हाल ८५३ मतदातादा रहेका छन् ।
यसअघि स्थानीय तहको निर्वाचनमा ८०१ मतदाता रहेका थिए । यसअघिको स्थानीय तह निर्वाचनमा स्व. मगरले ३८४ मत प्राप्त गरि विजयी हुनुभएको थियो भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रे्रेसका उम्मेदवार मुक्तबहादुर थापा मगरले १५४ मत प्राप्त गर्नुभएको थियो ।
निर्वाचन तालिका अनुसार कार्तिक २८ गते उम्मेद्वारहरुको विरोधमा उजुरी दिने, २९ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र सोही दिन अपरान्ह ५ बजेभित्रमा मनोनयन भएको उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । त्यसैगरि कार्तिक ३० गते उम्मेद्वारको नाम फिर्ता लिने र सोही दिन अपरान्ह ५ बजे उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ । यस्तै उम्मेद्वारहरुलाई मंसिर १ गते निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ । मंसिर १४ गते हुने निर्वाचन विहान ७ बजेदेखि सुरु भइ अपरान्ह ५ बजे सकिने छ ।

 

 

Share.

Leave A Reply