बौदीकालीमा भोलि उम्मेदवार मनोनय गरिने , नेकपाका लागि विहान १० देखि ११ बजेको समय

0

डोलराज रानाभाट, गैडाकोट, २६ कार्तिक । मंसिर १४ गते नवलपुरको बौदीकाली गाउँपालिका वडा नं ५ मा हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवार मनोनयन गरिने भएको छ । वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवार मनोनय दर्ता गरिने जिल्ला निर्वाचन अधिकारी सुदीप पाण्डेले जानकारी दिनुभयो । तत्कालीन नेकपा (एमाले)बाट निवार्चित वडाध्यक्ष दलबहादुर खरूमगरको निधन भएपछि रिक्त उक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

सवै तयारी पुरा भएको र वौदिकालिको ढेडगाउँमै स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भोलि विहान १० बजेबाट उम्मेदवार मनानेनय दर्ता सुरु हुने उहाँले जानकारी दिनुभयो । भोलि विहान १० देखि ११ नेकपाले, ११ देखि १२ बजे नेपाली काँग्रेसले, १२ देखि १ बजे स्वतन्त्र एवम् अन्य उम्मेदवारले मनोनयन दर्ता गराउने तालिका रहेको पाण्डेले बताउनुभयो । वडा अध्यक्ष पदका लागि १ हजार रुपैया धरौटी वुझाउनुपर्ने हुन्छ ।

सो उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काग्रेसबीच प्रतिष्पर्धा हुने बताइएको छ । नेकपाले खिमबहादुर थापा खरुमगरलाई र काँग्रेसले तुलबहादुर राना (अनिल) लाई उम्मेदवार सिफारिस गरेको छ ।

सोही वडाको जौबारीस्थित उदय आधारभूत विद्यालयमा एउटा मात्र मतदान केन्द्र तोकिएको र ८५३ मतदातादाले भोट खसाल्न पाउने छन् । यसअघि स्थानीय तहको निर्वाचनमा ८०१ मतदाता रहेकामा स्व. मगरले ३८४ मत प्राप्त गरि विजयी हुनुभएको थियो भने निकटतम प्रतिद्वन्दी नेपाली काग्रे्रेसका उम्मेदवार मुक्तबहादुर थापा मगरले १५४ मत प्राप्त गर्नुभएको थियो ।

Share.

Leave A Reply