हाजिरीजवाफमा बाल बिकास प्रथम

0

पुस्कर अधिकारी,गैडाकोट, कार्तिक २६ । नवलपुर ईङ्गिस स्कुल सोसाइटी ( नेस)ले आयोजना गरेको अन्तर बिधालय आधारभूत तह हाजिरजबाफ प्रत्योगितामा बाल बिकास ईङ्गिस बोर्डिङ स्कुल प्रथम भएको छ । सुर्य बिनायक इङलिस स्कुल द्धितीय र शान्तिदिप बोर्डिङ स्कुल दुम्किबास तृतीय स्थान र बिजय सामुदायिक शिक्षा सदन ले सान्त्वना स्थान हासिल गरेको छ ।
बिद्यालय बिचको सम्बन्ध राम्रो राख्न र समय अनुसार बिद्यार्थी र बिद्यालयको बिकासका लागि आपसी सद्भाव बढाउन नेसको स्थापना भएको सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष एवम नेसका प्रमुख सल्लाहाकार शन्तबाहादुर क्षेत्रीले जानकारी दिनुभयो । विद्यार्थीहरुको ज्ञानको क्षमता र सीपको बिकासका लागि यस्ता कार्यक्रम गरेको नेसका उपाध्यक्ष एवंम कार्यक्रमका सभाध्यक्ष अनिल सापकोटाले बताउनुभयो । कार्यक्रममा नेसमा आबद्ध नवलपुर जिल्लाका ११ स्कुल को सहभागिता रहेको थियोे भने कार्यक्रम नमुना उच्च माध्यमिक बिद्यालयको सभाहलमा सम्पन्न गरिएको थियो ।

Share.

Leave A Reply