भरतपुरको गोरखकाली एग उद्योगमा आगलागी

0

माया कडेँल, २६ कार्तिक । चितवनको भरतपुर महानगरपालिका ४ कालिका मार्ग धर्मचोकमा रहेको गोरखकाली एग ट्रे प्रालिमा विहान ३ बजे लागेको आगो नियन्त्रणमा आएको छ । अण्डाको क्यारेट बनाउन प्रयोग गरिने उद्योगमा रहेको कच्चा पदार्थमा आगलागी भएको चितवन प्रहरीले जानकारी दिएको छ । आगोलागीबाट ३ देखि ४ टन कच्चा पदार्थ जलेर नष्ट भएको छ । विहान ६ बजे आगलागी नियन्त्रणमा आएको र क्षतीको एकीन तथ्याङ्क संकलनको कार्य जारी रहेको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ ।
प्रहरी, शसस्त्र स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो । उद्योगको वाहिर थुपारिएको कच्चा पदार्थमा लागेको आगो नियन्त्रणमा आएको हो । उद्योगको भित्री परिसरमा भने कुनै पनि क्षति नभएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply