नवलपुरको शाश्वतधाममा ३० महिनामा ३० लाख पर्यटक

0

गैडाकोट, २६ कार्तिक । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ दुम्कौलीमा चौधरी ग्रुपले निमार्ण गरेको शाश्वतधामको ३० महिनामा ३० लाख पर्यटककले अवलोकन गरेका छन् । विशेषत भक्तजनको आकर्षण बढेको हो ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको दृष्टिकोणले महत्वपुर्ण रहेको धाममा घुम्न र एकाम्बेश्वर महादेवको दर्शनका लागि दैिनक सर्यौ दर्शनार्थी धाममा आउने गरेका हुन् ।

धाम सुरु भएको ३० महिनाको अबधिमा अहिले सम्म ३० लाख भक्तजनले अवलोकन गरेका छन् । दैनिक रुपमा तिन हजार भन्दा बढिले शाश्वतधामको अवलोकन गर्ने गरेको बताइएको छ।२०७३ फागुन २५ बाट सर्वसाधारणका लागि खुल्ला गरिएको शाश्वत धाम लाई गत बर्ष ‘वेस्ट टुरिष्ट डेस्टिनेशन’को रुपमा अर्वाड प्रदान गरिएको थियो । यो सगै पर्यटकको संख्यामा उल्लेखिय वृद्धि भएको हो ।

पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको यस धामभित्र रहेको मनमोहक र वैभवयुक्त एकम्वरेश्वर शिव मन्दिर यहाँको प्रमुख आकर्षण कनेको छ । चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातीको समयमा यो मन्दिर पानीमा अडिएको भान हुन्छ ।

एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग रहेको छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दु देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन् । यस्को भब्य कलात्मक आर्कषक शैलीले सवैलाई लोभ्याउने गरेको सिजिआईपी महाप्रवन्धक नारायण श्रेष्ठले बताउनुभयो ।

Share.

Leave A Reply