पाण्डेको नेतृत्वमा बि.पि.अध्ययन प्रतिष्ठान नवलपुर गठन

0

कार्तिक २६, गैडाकोट । नेपाली कांग्रेसको शुभेच्छुक संस्था बि.पि.अध्ययन प्रतिष्ठान नवलपरासी (ब.सु. पुर्ब) सोमवार गठन गरिएको छ । बिष्णुदेबि पाण्डेको नेतृत्वमा अध्ययन प्रतिष्ठान गठन भएको हो ।

सोमबार संस्थाको बिस्तार तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम पनि सकिएको छ । पाण्डेको नेतृत्वमा १७ सदस्यको कार्यसमिति बनेको हो। समितिको उपाध्यक्षमा नरेशमणि भण्डारी, सचिवमा बद्री सापकोटा, कोषाध्यक्षमा गंगा कोइराला, सह सचिवमा कृष्ण धरेल, सदस्यहरुमा तिलक सुवेदी, दुर्गा भुसाल ,रोजी कोइराला, आनन्द बहादुर कुमाल, सारदा पाण्डे, निराजन महतो, पुर्ण बहादुर डिसा, बिरेन्द्र महत,खुम बहादुर सारु,प्रकाश रसाइली,कृष्ण प्रसाद पोखरेल र भुपराज पाठक रहनुभएको छ ।

त्यतै समितिले सोमबारनै क्षेत्रीय सभापतिको पनि मनोनित गरेको छ । जसमा क्षेत्र न १ बाट गणेश सापकोटा र क्षेत्र न २ बाट रामचन्द्र भण्डारीलाई मनोनित गरेको हो । कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष बिष्णुदेबि पाण्डेको सभापतित्व नेपाली कांग्रेस नवलपरासी जिल्ला सभापति एबं प्रदेश सांसद बिस्णु प्रसाद लामिछानेको प्रमुख आतिथ्य र जिल्ला सचिव बालकृष्ण घिमिरेको बिशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला स्तरीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply