जापानले कृषि र वन क्षेत्रका लागि पनि नेपाली कामदार लैजाने

0

कार्तिक २६ ।नर्सिङ क्षेत्रमा मात्रै नेपाली कामदार लैजान तयार रहेको जापानले कृषि र वन क्षेत्रमा पनि कामदार लैजाने इच्छा देखाएको छ । नर्सिङपछि दोस्रो चरणमा कृषि, वन,मत्स्य र खाद्यान्न क्षेत्रमा समेत नेपालबाट जनशक्ति लैजाने इच्छा देखाएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले जानकारी दिएको छ । पहिलो चरणममा नर्सिङ केयर गिभर लैजान भाषा परीक्षा लिन थालिसकेको छ । गत कात्तिक १०, ११, १२, १९, २०, २१ गते भाषा परीक्षा लिइएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टसँगको भेटमा जापानका कृषि तथा वन मन्त्रालयका उपमहानिर्देशक तकामी नाकाडाले उक्त इच्छा व्यक्त गर्नुभएको हो । भेटमा जापानसँग भएको सहकार्यको श्रम समझदारीअनुरुप कामदार लैजाने प्रक्रियालाई अझ विश्वासनीय बनाउन मन्त्री बिष्टले आग्रह गर्नुभयो ।

नेपाल आएको टोलीले नेपालबाट कृषिमा सीपयुक्त जनशक्तिलाई जापानमा दिन सकिने अवसरबारे अध्ययन पनि गर्ने मन्त्रालयले जानकारी दिएको छ । जापानले क्रमिकरुपमा सीप परीक्षण गरेर समझदारी अनुरुप आवश्यक क्षत्रेमा कामदार आपूर्ति गर्दै जाने बताएको छ ।

नेपाली कामदार जापान पठाउने विषयमा दुई सरकारबीच गत चैत ११ गते ‘सहकार्यको समझदारीपत्र’ मा हस्ताक्षर भएको थियो । सहमति अनुसार विभिन्न १४ क्षेत्रमा कामदार लैजाने सहमति भएको छ । ती क्षेत्रहरुमा कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्टिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवसाय, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योग रहेका छन् ।

Share.

Leave A Reply