लिम्पियाधुरा सहितको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन

0

कार्तिक २६ । संसदको राज्य व्यवस्था समिति ले भारतले आफ्नो नक्सामा राखेको लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । समितिकी सभापति शशी श्रेष्ठका अनुसार महाकाली क्षेत्रको सीमा विवादबारे छलफल गर्न सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएपनि उहाँको अनुपस्थित रहेको र भूमि व्यवस्थामन्त्री पदमा अर्याललाई नयाँ नक्सा सार्वजनिक गर्न भनिएको छ । मन्त्री पद्मा अर्यालले पनि बिगतमा प्रयोग भएको नक्सा गुगलबाट निकालिएकाले त्रुटिपूर्ण भएको स्वीकार गर्दै त्यसलाई सच्याएर सबै सरकारी कार्यालयहरुमा पठाइसकेको बताउनुभयो । साथै अतिक्रमित भूमि फिर्ता ल्याउन मोदीसँगै वार्ता गर्न पनि समितिले सुझाव दिएको छ ।

समितिले नेपाल भारत प्रवुद्ध व्यक्ति समूहको प्रतिवेदन तत्काल बुझाएर सार्वजनिक गर्न पनि भनेको छ ।

Share.

Leave A Reply