गैडाकोटमा जारी ग्रास रुट फुटवलका छैँटौ चरणसम्मका खेलहरु सकिए

0

डोलराज रानाभाट, गैडाकोट, २५ कार्तिक।
नवलपुर जिल्ला फुटवल संघको आयोजनामा गैडाकोटमा जारी ग्रास रुट फुटवलको आज पाचौँ र छैँटौ चरणका खेलहरु सम्पन्न भएका छन् । आज मात्रै ३० वटा खेलहरु सम्पन्न भएको र अव वाँकी चरणका खेलहरु आगामी शुक्रवार सकिने नवलपुर जिल्ला फुटवल संघका महासचिव लक्ष्मण कार्कीले जानकारी दिनुभयो । आठ चरण सम्मका खेलहरु हुने र खेलमा छात्र तर्फ १० वर्ष मुनिका ८ विद्यालय र १३ वर्ष मुनिका १० विद्यालय त्यस्तै १३ वर्ष मुनिका छात्रा तर्फ ८ विद्यालयले सहभागीता जनाएका छन् ।

खेल जितेको आधारमा नम्वर पाउने र जसले धेरै नम्वर ल्याएको हुन्छ त्यही समुह विजयी हुनेछ । प्रतिस्पर्धात्मक खेल जित्ने समुहले एक खेलको ३ नम्वर र ड्रअ भएमा १÷१ पोइन्ट प्राप्त गर्ने महासचिव कार्कीले जानकारी दिनुभयो । कार्तिक २१ गतेबाट सुरु भएको प्रतियोगितामा विजयी हुने समुहगत विद्यालयका खेलाडीहरुलाई पौषमा हुने प्रदेश चरणको खेलहरुमा प्रतिस्पर्धा गर्न अवसर दिइनेछ । अखिल नेपाल फुटवल संघले ४८ वटा जिल्लामा एकै साथ ग्रास रुट खेल संचालन गरेको कार्कीले जानकारी दिुनभयो । गैडाकोट खेलकुद समितिको सह आयोजनामा जारी खेलमा गैडाकोट फुटवल क्लव र नगर बाल संजाल गैडाकोटले सहयोग गरेको कार्यक्रमका संयोजक निर्मल आलेले जानकारी दिनुभयो ।

Share.

Leave A Reply