कास्की–२ मा १० स्वतन्त्रसहित २१ उम्मेदवार

0

कात्तिक २४ । कास्की क्षेत्र नम्बर–२ मा आगामी मंसिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनमा अब २१ उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रतिनिधिसभा सदस्यका लागि कात्तिक २१ गते २२ जनाले मनोनयन दर्ता गरेका थिए ।

स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयका महेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृतको कार्यालयले आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ ।

सोअनुरुप कास्कीमा १० स्वतन्त्रसहित ११ राजनीतिक पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

नेपाल कम्युस्टि पार्टी नेकपाबाट विद्या भट्टराई, नेपाली कांग्रेसबाट खेमराज पौडेल, नेपाली कांग्रेस बीपी बाट चन्द्रबहादुर रानाभाट, नेपाल कम्युनिस्ट पार्टी माले बाट टेकनाथ भण्डारी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङ हुनुहुन्छ ।

त्यस्तै, साझा पार्टीबाट रजनी केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, राष्टिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, देशभक्त समाज पार्टीबाट वीरबहादुर विश्वकर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त०बाट श्रीमती गंगा मल्ल हुनुहुन्छ ।

यस्तै, स्वतन्त्ररूपमा चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूमा उमानाथ गौतम, कमलजंग कुँवर, जमुना शर्मा, दीपक रेग्मी र नवराज बाँस्तोला रहनुभएको छ ।

त्यस्तै, अन्य स्वतन्त्र उम्मेदवारमा यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला र सुनील भुषाल रहनुभएको छ ।

आगामी मङ्सिर १४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा कूल ६४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन आयोगले आइतबार साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दै प्रतिनिधिसभा सदस्यतर्फ एक र प्रदेशसभा सदस्यको तीन रिक्त स्थानका लागि ५५ जना पुरुष र नौ महिला उम्मेदवार गरी कूल ६४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेको जनाएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेका क्षेत्रमा उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम आइतबार साँझ सम्पन्न भएको छ ।

Share.

Leave A Reply