विजय खबर पत्रिका पाँचौं वर्षमा प्रवेश, विकासका लागि कलम ः डा. कोईराला

0


माया कंडेल
कार्तिक २४, गैंडाकोट / विकासका लागि सञ्चार अभियानलाई निरन्तरता दिदैं आएको विजय खबर पत्रिका पाँचौं वर्षमा प्रवेश गरेको छ । पत्रिका थप व्यवस्थित र परिमार्जित हुँदै ठुलो आकारमा रंगिन प्रकाशनमा आएको छ ।

पाँचौं बर्ष प्रवेशको अवसरमा आइतबार विजय विकास स्रोत केन्द्रमा आयोजित पाँचौं वार्षिकोत्सव समारोहमा नवलपरासी (वर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १, यसै क्षेत्रबाट निर्वाचित संघीय सांसद एवं नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले सत्य, तथ्य समाचार र सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रजातन्त्र र लोकतन्त्र स्थापित गर्न पत्रकारिता जगतले महत्वपूर्ण भुमिका खेल्न सक्ने हुनाले पित पत्रकारिता गर्न नहुने बताउनुभयो । प्रमुख अतिथि समेत रहनुभएका डा. कोईरालाले विजय खबरले यस क्षेत्रमा राम्रो प्रभाव पारेको जनाउँदै पत्रिका हेर्दा राम्रो मात्र नभई यसले पार्ने प्रभाव महत्वपूर्ण हुने भएकाले आफ्ना कमि कमजोरी औंल्याईदिन आग्रह गर्नुभयो । विकासका लागि कलम चलाउन आग्रह गर्दै सो कार्यका लागि निरन्तर खबरदारी गर्न उहाँले सुझाव दिनुभयो । साथै उहाँले दैनिक रुपमा यसलाई प्रकाशनमा ल्याउनुपर्ने समेत बताउनुभयो ।

नवलपरासी (वर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १ (क) यसै क्षेत्रबाट निर्वाचित गण्डकी प्रदेशका सांसद एवम् नेपाली कांग्रेस संसदिय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल समाजमा भएका नकारात्मक र बेथितीलाई उजागर गर्नुपर्ने बताउनुभयो । उहाँले विजय खबरलाई आगामी दिनमा अझै सशक्त बन्दै जाओस् भन्ने कामना व्यक्त गर्नुभयो ।

गैंडाकोट नगरपालिकाका नगर उपप्रमुख विष्णुकुमारी कंडेलले नगरभित्रकै उत्कृष्ट सञ्चारमाध्यमको रुपमा विजय एफएम र विजय खबर स्थापित भएको बताउनुभयो । उहाँले आगामी दिनमा नगरपालिकाले सञ्चारमाध्यमबाट चाल्नुपर्ने कदममा सहकार्य गरेर अगाडि बढ्ने समेत बताउनुभयो ।

विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लि. का संस्थापक अध्यक्ष एवम् सल्लाहकार संयोजक खेमराज सापकोटाले देशको सामाजिक परिवर्तन, दिगो विकास, शुशासनलाई स्थापित गर्न विजय एफएम र विजय खबर स्थापित भएको बताउनुभयो ।

विजय सामुदायिक सूचना तथा सञ्चार सहकारीका सल्लाहाकार सदस्य एवम् समाजसेवी तिलकप्रसाद सापकोटाले समाचार र सूचनाका माध्यमबाट सुसुचित गर्न र जनतालाई जागरुक बनाउन सञ्चार माध्यमले निष्पक्ष रुपमा कार्य गर्नुपर्ने बताउनुभयो ।

विजय सामुदायिक सूचना तथा सञ्चार सहकारीका सल्लाहकार सदस्य एवम् समाजसेवी कृष्णप्रसाद घिमिरेले विजय खबरले समुदायका विभिन्न तह तप्काका आवाज, उत्पिडितका आवाज बाहिर ल्याउन सफल भएको बताउँदै सबैको आवाज बन्न सकोस् भनि शुभकामना व्यक्त गर्नुभयो ।

विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतम कंडेलले समाजमा भएका घटना र कामलाई जस्ताको त्यस्तै समुदायमा प्रस्तुत गर्नुपर्ने बताउनुभयो । उहाँले सूचना र सत्य तथ्य समाचारमा विजय खबर अगाडी आउने बताउनुभयो ।

पाठकको चाहना र समुदायको आवश्यकतालाई मध्ये नजर गरी पत्रिकाले आपूmलाई सोही रुपमा परिष्कृत र परिमार्जित गर्दै प्रकाशन गरेको विजय खबर पत्रिका सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपीनाथ खरेलले बताउनुभयो । समाजमा व्याप्त कुरीति, भ्रष्टाचार, बेथिति र असमानतामाथि विजय हासिल गर्न अभियानका साथ प्रकाशित विजय खबरले सुशासन र स्थानीय विकासलाई प्राथमिकता दिँदै आएको समेत अध्यक्ष खरेलले बताउनुभयो ।

विजय खबर पत्रिका पाँचौं वर्ष प्रवेश गरेका अवसरमा अध्यक्ष खरेलले सम्पूर्ण पाठक, सञ्चालक, सेयर सदस्य, कर्मचारी, विज्ञापनदाता तथा शुभचिन्तकहरुमा कृतज्ञतासहित शुभकामना व्यक्त गर्नुभएको छ ।
वि.सं. २०७२ साल कार्तिक २४ गतेबाट विजय खबर पत्रिका साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको हो । नेपालको संविधान २०७२ जारी भई नयाँ नेपालको रुपमा प्रवेश गरेको सन्दर्भमा साथै भारतीय नाकाबन्दीले थलिएको तत्कालीन समयमा विजय खबरले विजयको सन्देश लिएर आएको थियो । चौंथो वर्ष पार गरी पाँचौं वर्ष प्रवेश गरेको विजय खबरले यहाँसम्म आइपुग्दा सकारात्मक सामाजिक परिवर्तनका लागि सहयोग पु¥याउँदै आएको विजय खबर पत्रिकाका सम्पादक श्रीधर उपाध्यायले बताउनुभयो ।
विशेष गरी नवलपरासी (बर्दघाट सुस्तापूर्व), चितवन र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा पत्रिका वितरण हुँदै आएको छ । यस पत्रिकाका ब्लग र फेसबुकमार्फत अन्य स्थानका पाठकले समेत अध्ययन गर्दै आएका छन् । यसअघि पत्रिका ८ पृष्ठको प्रकाशन हुँदै आएकोमा अब ठूलो साइजमा ६ पृष्ठमा रंगीन प्रकाशित भएको हो ।


‘सत्य तथ्य सूचनाको सञ्चार, जनसशक्तीकरणको मूल आधार’ भन्ने भावलाई आत्मसात् गर्दै विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाइमा २०५७ सालमा स्थापित विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाले सामुदायिक रेडियो विजय एफएम र विजय खबर पत्रिका सञ्चालन गरेको हो । स्थापनाकालदेखि नै आवाजविहीनहरुको आवाजका रुपमा समाजका कुनाकुनासम्म पुगी समाजमा विद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक विभेद, अन्धविश्वास, लैंगिक हिंसाको, न्यूनीकरण एवं नागरिकको विकासका लागि अविश्रान्तरुपमा अविचलित भई सशक्तरुपमा सूचना तथा सन्देश सञ्चार गर्दै आइरहेको छ । सञ्चारका यी दुवै माध्यमबाट यस सहकारीले समाजमा सुशासन, विकास, सकारात्मक सोच, सकारात्मक सोचका लागि जागरण, समाजमा सूचनाको पहुँच स्थापित गर्नका लागि निरन्तर सूचना प्रवाह गर्दै आइरहेको छ ।
विजय खबर पत्रिका सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको १८ औँ साधारण सभाले यही आर्थिक वर्षभित्र पत्रिकालाई रंगीन तथा आकार वृद्धि गर्ने योजना अघि सारे अनुरुप पत्रिकालाई रंगीन तथा आकार वृद्धि गरी प्रकाशनमा ल्याएको हो ।

Share.

Leave A Reply