रंगिनमा प्रकाशित हुँदै विजय खबर साप्ताहिक, आजबाट पाँचौं वर्षमा प्रवेश

0

गैंडाकोट,कार्तिक २४ । विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित विजय खबर पत्रिका आजबाट पाँचौं वर्षमा प्रवेश गरेको छ । पाँचौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज विहान वार्षिकउत्सव कार्यक्रम हुँदैछ । विजय विकास स्रोत केन्द्रको सभाहलमा कार्यक्रम गरि वार्षिकउत्सव मनाउन लागिएको हो ।

विकासका लागि सञ्चार अभियानलाई निरन्तरता दिदैं आएको विजय खबर पत्रिका पाँचौ वर्षमा प्रवेश गरेसँगै थप व्यवस्थित र परिमार्जित हुँदै प्रकाशन हुने भएको छ । पत्रिका रंगिन सहित ठूलो साइजमा प्रकाशनमा ल्याउने भएको छ । यसअघि पत्रिका ८ पृष्ठको प्रकाशन हुँदै आएकोमा अब ठूलो साइजमा ६ पृष्ठमा रंगीन प्रकाशन हुनेछ ।
विजय खबर पत्रिका सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको १८ औँ साधारण सभाले यही आर्थिक वर्षभित्र पत्रिकालाई रंगीन तथा आकार वृद्धि गर्ने योजना अघि सारे अनुरुप पत्रिकालाई रंगीन तथा आकार वृद्धि गरी प्रकाशनमा ल्याएको हो ।
पाठकको चाहना र समुदायको आवश्यकतालाई मध्ये नजर गरी पत्रिकाले आपूmलाई सोही रुपमा परिष्कृत र परिमार्जित गर्दै प्रकाशन ल्याउने तयारी गरेको विजय खबर पत्रिका सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपीनाथ खरेलले बताउनुभयो । विजय खबर पत्रिका पाँचौं वर्ष प्रवेश गरेका अवसरमा अध्यक्ष खरेलले सम्पूर्ण पाठक, सञ्चालक, सेयर सदस्य, कर्मचारी, विज्ञापनदाता तथा शुभचिन्तकहरुमा कृतज्ञतासहित शुभकामना व्यक्त गर्नुभएको छ । समाजमा व्याप्त कुरीति, भ्रष्टाचार, बेथिति र असमानतामाथि विजय हासिल गर्न अभियानका साथ प्रकाशित विजय खबरले सुशासन र स्थानीय विकासलाई प्राथमिकता दिँदै आएको समेत अध्यक्ष खरेलले बताउनुभयो ।

विशेष गरी नवलपरासी (बर्दघाट सुस्तापूर्व), चितवन र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा पत्रिका वितरण हुँदै आएको छ । यस पत्रिकाका ब्लग र फेसबुकमार्फत अन्य स्थानका पाठकले समेत अध्ययन गर्दै आएका छन् । वि.सं. २०७२ साल कार्तिक २४ गतेबाट विजय खबर पत्रिका साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको हो । नेपालको संविधान २०७२ जारी भई नयाँ नेपालको रुपमा प्रवेश गरेको सन्दर्भमा साथै भारतीय नाकाबन्दीले थलिएको तत्कालीन समयमा विजय खबरले विजयको सन्देश लिएर आएको थियो । चौंथो वर्ष पार गरी पाँचौं वर्ष प्रवेश गरेको विजय खबरले यहाँसम्म आइपुग्दा सकारात्मक सामाजिक परिवर्तनका लागि सहयोग पु¥याउँदै आएको विजय खबर पत्रिकाका सम्पादक श्रीधर उपाध्यायले बताउनुभयो ।

‘सत्य तथ्य सूचनाको सञ्चार, जनसशक्तीकरणको मूल आधार’ भन्ने भावलाई आत्मसात् गर्दै विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाइमा २०५७ सालमा स्थापित विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाले सामुदायिक रेडियो विजय एफएम र विजय खबर पत्रिका सञ्चालन गरेको हो । स्थापनाकालदेखि नै आवाजविहीनहरुको आवाजका रुपमा समाजका कुनाकुनासम्म पुगी समाजमा विद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक विभेद, अन्धविश्वास, लैंगिक हिंसाको, न्यूनीकरण एवं नागरिकको विकासका लागि अविश्रान्तरुपमा अविचलित भई सशक्तरुपमा सूचना तथा सन्देश सञ्चार गर्दै आइरहेको छ । सञ्चारका यी दुवै माध्यमबाट यस सहकारीले समाजमा सुशासन, विकास, सकारात्मक सोच, सकारात्मक सोचका लागि जागरण, समाजमा सूचनाको पहुँच स्थापित गर्नका लागि निरन्तर सूचना प्रवाह गर्दै आइरहेको छ ।

Share.

Leave A Reply