अतिक्रमित नेपाली भूमि फिर्ताका लागि सरकारले काम थालिसक्योः नेता नेम्वाङ

0

डोलराज रानाभाट/हिमा अर्याल, गैडाकोट, २४ कार्तिक । नेकपा संसदीय दलका उप नेता सुभाषचन्द्र नेम्वाङले भारतबाट सार्वजनिक नयाँ नक्सा सच्याउन र सुगौली सन्धीले तोकेको सवै नेपाली भूमि फिर्ताका लागि सरकारले काम थालिसकेको बताउनुभएको छ । सामुदायिक रेडियो बिजय एफएम १०१ दशमलव ६ मेघाहर्जको दैनिक कार्यक्रम आजको सवालमा कुराकानी गर्दै नेता नेम्वाङले नेपाली भूमि एक इन्च पनि गुम्न नदिनेगरी प्रधानमन्त्री केपी शर्मा ओली सहित सवै दलहरु एक भएर अघि बढेको बताउनुभयो ।
हिजो भएको सर्वपक्षीय वैठक ऐतिहासिक भएको र सिमा विवाद टुँगो लगाउन पक्ष प्रतिपक्ष, सिमाविद, परराष्ट्रविद सवै एक मतले अघि बढ्ने गरी छलफल सकिएको र सरकार त्यसैको सुझावलाई लिएर अघि बढेको बताउनुभयो । अहिले नेपाली भूमि हो भन्ने प्रमाणित गर्न प्रमाणहरुको संकलन कार्य जारी रहेको र जनगणना देखि तिरो तिरेका कागज र सुगौली सन्धीनै पर्याप्त भएको उहाँको तर्क थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सवैलाई एकै ठाँउमा उभ्याएर ऐतिहासिक काम गरेको बताउँदै कुटनीतिक तवरले नक्साको विषयमा काम सुरु भएको बताउनुभयो । भारतले एक पक्षीय रुपमा सार्वजनिक गरेको नक्सा मान्य नहुने बताइसकेको भन्दै नेता नेम्वाङले विभिन्न तह बाट भारतलाई जानकारी गराईसकेको बताउनु भयो ।
भारतको हस्तक्षेप कुनै पनि हालतमा स्वीकार्य नहुनेमा सवैको एक मत रहेको उहाँको भनाई छ । कालापानी मात्रै नभई इलाम देखि सुस्तासम्मको विषयमा सर्वपक्षीय बैठकमा छलफल भएको भन्दै नेपाली सेना राख्नुपर्ने देखि तारवारको कुरा आएको र सरकारले त्यसलाई गम्भीर रुपमा मनन् गर्दै त्यही अनुसारको योजना अघि बढाउने गरी हिजाको सर्वपक्षीय छलफदल सकिएको पनि उहाँको भनाई रहेको छ । नाकावन्दीमा जस्तै सिमा विवाद सच्याउन पनि प्रधानमन्त्री केपी शर्मा आलीको अडान यथावत रहने भन्दै नेपाली जनतालाई ढुक्क रहन पनि उहाँको आग्रह थियो ।

अतिक्रमित नेपाली भूमि फिर्ताका लागि सरकारले काम थालिसक्योः नेता नेम्वाङ

अतिक्रमित नेपाली भूमि फिर्ताका लागि सरकारले काम थालिसक्योः नेता नेम्वाङभारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमिलाई समेटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सर्वपक्षिय बैठक बोलाई छलफल गर्नुभएको छ । नेपाली भूमिलाई भारतले आफ्नो नक्सामा राखेपछि उत्पन्न पछिल्लो घटनाक्रमलाई सरकारले गम्भीरतापूर्वक लिएको भन्दै छलफल गर्नुभएको हो । छलफलले के निष्कर्श निकाल्यो ? समस्याको समाधान कसरी गर्ने कुराकानी गर्दै बैठकमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ ।

Posted by Vijaya FM on Saturday, 9 November 2019

Share.

Leave A Reply