गैडाकोटमा मैत्रीपूर्ण फुटवल सम्पन्न, महिला तर्फ नवलपुर फुटवल र पुरुषतर्फ अभिषेक फुटवल क्लव विजयी

0

डोलराज रानाभाट, २३ कार्तिक । नवलपुर फुटवल संघको आयोजना र गैडाकोट खेलकुद समितिको सह आयोजनामा आज मैत्रीपूर्ण फुटवल खेल सम्पन्न भएको छ । गैडाकोटको क्षेत्रीय रंगशालामा भएको महिलाहरुवीचको मैत्रीपूर्ण फुटवल खेलमा नवलपुर फुटवल टिम विजयी भएको नवलपुर जिल्ला फुटवल संघका महासचिव लक्ष्मण कार्कीले जानकारी दिनुभयो । भेडावारी महिला फुटवल टिमलाई ० का विरुद्ध २ गोलले पराजित गर्दै नवलपुर विजयी भएको हो ।
त्यस्तै आजै भएको पुरुष मैत्रीपूर्ण फुटवल खेलमा अभिषेक फुटवल क्लव रजहर विजयी भएको छ । गैडाकोट फुटवल टिमलाई १ का विरुद्ध ४ गोल गर्दै अभिषेक विजयी भएको हो । गैडाकोट ४ का जनप्रतिनिधि कार्यपालिका सदस्य संगिता पण्डितले बल हस्तान्तरण गर्दै मैत्रीपूर्ण फुटवलको उद्घाटन गर्नुभएको थियो । फुटवल खेलाडीहरुलाई दक्ष बढाउन र प्रेरणाका लागि मैत्रीपूर्ण फुटवलको आयोजना गरिएको कार्कीले जानकारी दिनुभयो । एक आपसमा भाइचारको वृद्धि र फुटवलको थप विकास र सहकार्यका लागि मैत्रीपूर्ण फुटवल प्रतियोगिताले थप मद्दत पुगेको कार्कीले बताउनुभयो ।

Share.

Leave A Reply