गैडाकोटमा ग्रास रुट फुटवल प्रतियोगिता जारी, २३ खेल सम्पन्न

0

डोलराज रानाभाट, २३ कार्तिक । नवलपुर जिल्ला फुटवल संघको आयोजनामा कार्तिक २१ देखि गैडाकोटमा ग्रास रुट फुटवल सुरु भएको छ । प्रतियोगितामा १० वर्ष मुनिका ८ विद्यालय र १३ वर्ष मुनिका १० वटा विद्यालयका छात्र, १३ वर्ष मुनिका छात्रा तर्फ ८ विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगितामा अहिले सम्म २३ खेलहरु सम्पन्न भएका छन् । चौथो चरणसम्मका खेलहरु सकिएको प्रतियोगितामा सोमवारबाट वाँकी चरणका खेलहरु हुने नवलपुर जिल्ला फुटवल संघका महासचिव लक्ष्मण कार्कीले जानकारी दिनुभयो । खेलका ८ वटा चरणहरु हुने र प्रतियोगितामा विजयी हुने समुहगत विद्यालयका खेलाडीहरुलाई पुसमा हुने प्रदेश चरणको खेलहरुमा प्रतिस्पर्धा गर्ने अवसर दिइनेछ । अखिल नेपाल फुटवल संघले ४८ वटा जिल्लामा एकै साथ उक्त खेल संचालन गरेको कार्कीले जानकारी दिुनभयो । गैडाकोट खेलकुद समितिको सह आयोजनामा जारी खेलमा गैडाकोट फुटवल क्लव र नगर बाल संजाल गैडाकोटले सहयोग गरेको कार्यक्रमका संयोजक निर्मल आलेले जानकारी दिनुभयो ।
खेल संयोजक निर्मल आलेको सभापतित्वमा उद्घाटन भएको खेलको प्रमुख अतिथि वडानम्वर ४ का वडा अध्यक्ष कृष्ण न्यौपान रहनुभएको थियो । ग्रास रुट फुटवल कार्यक्रमका उप संयोजक सुदन पराजुलीले संचालन गर्नुभएको कार्यक्रममा जनप्रतिनिधिहरु, विद्यालयका प्रअ, टोल विकास संस्थाका प्रतिनिधि व्यवसायीहरुको सहभागीता रहेको थियो ।

Share.

Leave A Reply