नमूना टोलका रुपमा स्थापित हुदैं नव पारिजात टोल

0


प्रेम क्षेत्री
कार्तिक २३, गैंडाकोट । नव पारिजात टोल विकास संस्था गैंडाकोट २ एक्लेसाल गैंडाकोट नगरपालिकाकै नमूना टोलका रुपमा स्थापित हुदैं गएको छ ।
नमूना टोलका रुपमा स्थापित गर्न टोल विकास संस्थाभित्र रहेका टोलबासीहरुले सक्रिय सहभागिता जनाउने गरेका छन् । संस्थाले टोल विकास संस्थाभित्र विकासका कार्यक्रमहरु पहिचान गरि नगरपालिकामा जानकारी गराउने, नियमित सरसफाई, डस्टबिन वितरण, बिजुलीका पोलमा वत्तीको व्यवस्था, विपन्न वर्गलाई आवश्यक सिपमूलक तालिम उपलब्ध गराउने, समाजमा देखिएका विकृति विसंगतीहरु हटाउन जनचेतना जगाउने लगायत महत्वपूर्ण कार्य गर्दै आएको संस्थाका अध्यक्ष कमल शर्मा गौतमले जानकारी दिनुभयो ।
टोललाई सधैं हराभरा र वातावरणमैत्री बनाउन जनचेतनामूलक कार्यक्रम गर्दै आएको संस्थाका उपाध्यक्ष यमकान्त आचार्यले जानकारी दिनुभयो । टोलका जेहेन्दार विद्यार्थीलाई सम्मान, ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको संस्थाका सचिव धनिश्वर गौतमले जानकारी दिनुभयो ।
नमूना टोलका रुपमा स्थापित नव पारिजात टोल विकास संस्था गैंडाकोट २ एक्लेसालले शनिबार चौंथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न गरेको छ । गैंडाकोट २ मा रहेको होटल द नारायणी पार्टी प्यालेसमा भएको दोस्रो अधिवेशनबाट प्रेमराज बस्याल अध्यक्षमा चयन हुनुभएको छ ।
उपाध्यक्षमा धनिश्वर गौतम, सचिवमा ईन्दिरा खनाल, कोषाध्यक्षमा कस्मिरा कार्की, सह सचिवमा खेम शर्मा आचार्य, सदस्यहरुमा रमा थापा, राधा भट्टराई, चन्द्रदत्त सापकोटा, हरिबहादुर कुँवर, लक्ष्मण कसजु, मञ्जु शर्मा चालिसे चयन हुनुभएको छ । लेखा समिति संयोजक नारायणदेव पंगेनीलाई चयन गरिएको छ ।


यसअघि भएको साधारण सभामा प्रमुख अतिथि गैंडाकोट २ का वडाअध्यक्ष ध्रुवराम पौडेलले वडाको विकासका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । सम्पूर्ण वडावासीको सक्रिय सहभागितामा मात्रै वडा समुन्नत हुने उहाँको भनाई थियो । कार्यक्रममा वडा सदस्य यदुनाथ सापकोटा, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटा, टोल विकास संस्थाका सल्लाहकार संयोजक ऋषिराम सापकोटा, लेखा समिति संयोजक नारायणदेव पंगेनी, हरिकृतन महिला समूहकी उपाध्यक्ष राधा उप्रेती, नव पारिजात महिला विकास समूहकी अध्यक्ष खुमकान्त भण्डारी, नमूना आवाशिय माध्यमिक विद्यालयका शिक्षक महेन्द्र केसी, होटल द नारायणी पार्टी प्यालेसका सञ्चालक कृष्णप्रसाद न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा वडाका ८४ वर्ष उमेर माथीका ज्येष्ठ नागरिकलाई सम्मान, एसईई उतिर्ण विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । संस्थाका उपाध्यक्ष यमकान्त आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा सचिव धनिश्वर गौतमले प्रगती प्रतिवेदन, कोषाध्यक्ष ईन्दिरा खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम नव पारिजात टोल विकास संस्थाका अध्यक्ष कमल शर्मा गौतमको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply