बल्ल तात्नुभयो प्रधानमन्त्री ओली, सर्वदलीय बैठक भोलि

0

File Photo

गैडाकोट, कार्तिक २२ । नेपाली भूभाग भारतले मिचेर नयाँ नक्सा सार्वजनिक गरेपछि देशमा भएको आन्दोलन र प्रदर्शन तिव्र हुँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिपुलेक,कालापानी र लिम्पियाधुरालाई आफ्नो भूभागमा समेटेपछि सत्ता र प्रतिपक्षीसहित सबै क्षेत्रमा विरोध भइरहेको छ । राष्ट्रियताका लागि सवै एक ठाउँमा हुने र सवैको एउटा धारणा बनाएर अघि बढ्ने गरी बैठक डाकिएको हो । बैठक भोलि ४ बजे बस्ने भएको हो । बैठकमा पूर्वप्रधानमन्त्री, परराष्ट्र विदहरुको समेत सहभागीता रहने बताइएको छ । त्यसपछि बैठकमा आएको सुझाव अनुसार सरकारले कदम चाल्ने छ ।
कात्तिक १७ मा भारतले आफ्नो नयाँ नक्सा नेपाली क्षेत्रलाई मिच्दै निकालेको थियो। त्यसको तीन दिनमा नेपालले परराष्ट्र मन्त्रालयमार्फत विज्ञप्ति जारी गर्दै ‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ’ भनेको छ। प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि बुधबार नेपालस्थित भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई फोन गरी भारतीय कदमको विरोध गर्नुभएको थियो ।

Share.

Leave A Reply