बुलिङटार ३ का शिक्षक रानाभाटद्धारा आत्महत्या

0

गैडाकोट, २२ कार्तिक । नवलपुरको बुलिङटार गाउँपालिका वडानम्वर ३ मा रहेको त्रिभुवन माविमा कार्यरत शिक्षकले आत्महत्या गरेका छन् । विद्यालयमा पढाउँदै आएका ५३ वर्षिय शिक्षक विष्णुलाल रानाभाटले डोरीले पासो लगाई रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

उहाँको परिवारका अनुसार रानाभाटले डिप्रेसनको औषधि प्रयोग गर्दै आइरहेको र पटक पटक आफन्तसँग पनि आत्महत्या गर्छु भनेको प्रहरीले जनाएको छ । कार्तिक २१ गते घर पुगेर डोरी लिई नजिकको खोल्सामा गई रुखमा झुण्डिएको र विहान ६ बजेतिर आफन्तले शव देखेर प्रहरीलाई खवर गरेका थिए । रानाभाटको वुलिङटार स्वास्थ्य चौकीमा पोष्टमार्टम गरी आजै परिवारलाई हस्तान्तरण गरिएको छ ।

Share.

Leave A Reply