डेलिभरी भएको ७ घण्टामै परीक्षाको हलमा सुत्केरी, सवैले गरे प्रसंसा

0

डोलराज रानाभाट, गैडाकोट ,२२ कार्तिक ।
तपाईलाई अपत्यारिलो लाग्ला कि शिशु जन्माएको सात घण्टामै सुत्केरी परीक्षा हलमा । तर यो सत्य हो । यो आँट गर्ने सुत्केरी हुनुहुन्छ चितवन जिल्ला भरतपुर महानगरपालिका ४ यज्ञपुरीकी सुस्मिता कडेँल । २३ वर्षिय कडेँलको पहिलो डेलिभरी थियो कार्तिक २१ गते र त्यही दिन दिउसो १ बजेबाट उहाँको वार्षिक परीक्षा पनि ।

डाक्टरहरुले डेलिभरी हुने मिति तोकिदिएपछि उहाँ भरतपुर सरकारी अस्पतालमा भर्ना हुनुभयो । विहान ६ बजे नर्मल डेलिभरीमा छोरी जन्माउनुभएको कडेँललको सोही दिन वार्षिक परीक्षा भएपछि उहाँमा परीक्षा दिने आँट आयो । तर डेलिभरी भएकै दिन आराम गर्न डाक्टहरुले सल्लाह दिएपनि कडेँलले आराम भन्दा परीक्षालाई महत्व दिनुभयो र आँट गर्नुभयो परीक्षा हल जाने र परीक्षा दिने । उहाँले प्रेसिडेन्सी कलेज भरतपुरमा परीक्षा दिनुभएको हो । अहिले तेस्रो वर्षमा अध्ययनरत कडेँलले पहिलो वर्षको परीक्षामा विरामी भएपछि छुटेको विषयको परीक्षा कार्तिक २१ मा दिनुभएको हो ।

त्यो आँटले डाक्टरहरुलाई त यसै चिन्तित वनायो नै त्यो भन्दा वढि चिन्ता वनायो उहाँको श्रीमान् रमेश सापकोटालाई । सापकोटा भन्नुहुन्छ, “अर्को वर्ष परीक्षा दिउँला, अहिले जानु हुन्न आराम नै अहिलेको प्राथमिकता हो भनेँ तर उनले मानीनन् र परीक्षा हलमा पुर्याउन आग्रह गरिन् । मैले पनि उनको आँटलाई वाधा पारिन र अन्तत परीक्षा हलमा पुर्याएँ ।”

परीक्षा हलमा पनि परीक्षा दिइरहेका र गार्ड वस्ने शिक्षकहरुले पनि उहाँको आँटलाई सम्मान गर्दै केही हुने होकी भन्ने चिन्तामा रहेका थिए श्रीमान् रमेशले भन्नुभयो ।

कडेँललको विहान ६ बजे डेलिभरी भएपछि १२ बजे अस्पतालले डिस्जार्च गरिदिएको थियो । त्यसपछि घरमा आएलगत्तै १ बजेको परीक्षा दिन उहाँ केन्द्रमा पुग्नुभएको थियो । एम्वुलेन्सबाट परीक्षा हलमा पुग्नुभएकी कडेँलले दिउसो १ बजेदेखि साँढे २ बजेसम्म परीक्षा दिनुभएको हो । हलबाट निस्किएपछि परीक्षा राम्रो भएको बताउनुभएको श्रीमान् सापकोटाले जानकारी दिनुभयो ।

श्रीमेडिकल कलेज स्याउली बजार हाकीमचोक चितवनमा विएससी नर्सिङ अध्ययनरत कडेँलले यस अघिका परीक्षामा ७४ प्रतिशत माथि ल्याई लगातार उत्तीर्ण गर्नुभएको छ । बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।

Share.

Leave A Reply