चार हजार दुई सय पाँच घर बने

0

चितवन, २२ कात्तिक भूकम्पबाट क्षति पुगेका घरमध्ये चार हजार २०५ घरको निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनले दिएको जानकारीअनुसार जिल्लामा हालसम्म ६३ प्रतिशत घर बनेका हुन् । जिल्लामा रहेका सात हजार ३३५ लाभग्राहीमध्ये चार हजार २०५ जनाले आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता बापतको रकमसमेत लगिसकेको कार्यालयका इन्जिनीयर सुभाष न्यौपानेले जानकारी दिनुभयो । लाभग्राहीमध्ये ६ हजार ६२९ जनाले पहिलो किस्ता लगेका थिए । न्यौपानेका अनुसार दोस्रो किस्ता पाँच हजार २५३ जनाले प्राप्त गरेका छन् । भूकम्प प्रभावितहरुले आवास निर्माणका लागि पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत रु एक लाख ५० हजार र तेस्रो किस्ताबापत रु एक लाख प्राप्त गर्ने छन् ।

(रासस)

Share.

Leave A Reply