देउराली सामुदायिक वन ढोडेनीको १८ औं साधरण सभा सम्पन्न

0

ईन्द्रज्योति पोखरेल, गैडाकोट, २१ कार्तिक । देउराली सामुदायीक बनले १८ औं साधारण सभा आज सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै डिभिजन कार्यलय नवलपरासीका प्रमुख पुर्णश्वर सुवेदीले सामुदायीक वन समुदायको सम्पत्ती रहेको बताउनुभयो । समुदायको सम्पत्ती समुदायका सबै व्यक्ति मिलेर संरक्षण गर्नुपर्नेमा समेत जोड दिनुभयो । कार्यक्रममका प्रमुख अतिथी समेत रहेका सुबेदीले बनको संरक्षण का लागि बृक्षारोपण र तारबार गरेर संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै देउराली सामुदायीक वनका अध्यक्ष नरवहादुर कुँवरले देउराली सामुदायीक बनले समुदायमा अति गरिव विपन्न परीवारलाई जीविकोपाजर्नका लागी सुधार कार्यक्रम गरेको बताउनुभयो उहाँले त्यस कार्यक्रम अन्र्तगत करेसाबारी तरकारी खेतीमा तारजाली वितरण फलफुलका बिरुवा वितरण , उन्नत जातका बाख्रा वितरण गरिएको बताउनुभयो ।
कार्यक्रमको विशिष्ट अतिथि गैंडाकोट नगरपालिका वडा नं ३ वड अध्यक्ष शिवकान्त तिवारी ले वडामा रहेका ६ वटा सामुदायीक बनसंग सहकार्य गदै खरको छानो विस्थापित गर्न खरको छानो हुनेलाई १० हजार दिईने बताउनुभयो । वडाध्यक्ष तिवारीले आगामी दिनमा पनि वडा कार्यलय र सामुदायिक वन सहकार्य गदै जाने बताउनुभयो ।
कोषध्यक्षको प्रतिबेदन बर्दी प्रसाद रिमालले राख्नुभएको थियो ०७५÷०७६मा १ करोड ६४ लाख ३६ हजार २३१ रुपौया आय व्याय प्रस्तुत गर्नुभयो । सचिवको प्रतिबेदन देबीसरा पुलामीले राख्नुभएको थियो । अनुगम तथा मुल्याकन समितिको प्रतिबेदन कष्ण बहादुर वि.क , लेखा समितिको प्रतिबेदन श्रीकृष्णगण्डकी मा.बि का प्रधानाध्यापक सुर्यनाथ तिवारीले राख्नुभएको थियो कार्यक्रममा बोल्दै प्रधानाध्यापक तिवारीले गरिबी न्यूनिकरणमा लागनी गर्दा बास्तबिक गरिबी प्त्ता लगाइ त्यस ठाउँमा छुटाईएको रकमलाई पारदर्शी बनाउन आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा शुभकामना मन्तव्य गैंडाकोट नगरपालिका वडा नं ३ कै सम्पुर्ण टोलबिकास समितिबाट कालीगण्डकी टोलबिकास समितिका अध्यक्ष धन बहादुर चितौरे , सम्पुर्ण सामुदायिक बनकोकै तर्फबाट नन्दन सामुदायिक बनका धनश्याम कंडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा बन संरक्षण र संस्थागत रुपमा योगदान पु¥याउने संस्थापक कोषाध्यक्ष बिष्णुप्रसाद रिमाल , सदस्य सतमाया कुवँर र बनरक्षक तालबहादुर माकिमलाई नगद सहित सम्मानपत्रले सम्मान गरिएको छ । यस्तै उपभोक्तामा रणबहादुर पुलामी र मञ्जु नेपालीलाई पनि सम्मान गरिएको छ । कार्यक्रमको स्वागत मन्तव्य देउराउली सामुदायिक बन उपाध्यक्ष लोक बहादुर सिंजालीले राख्नुभएको थियो । भने देउराली सामुदायीक वनका अध्यक्ष नरवहादुर कुँवरको अध्यक्षतामा कार्यक्रम भएके हो । कार्यक्रमको सहजीकरण बनका सहसचिब सम्भुप्रसाद तिवारीले गर्नुभएको हो ।

Share.

Leave A Reply