कारागारमै प्रजनन् अधिकार :सम्भोगको अधिकार सहित सशोधित कानुन आउने, महिला कैदी गर्भवती भए ६० दिन बिदा

0

गैडाकोट, २२ कार्तिक । नेपालमा अव कारागारमै सम्भोगको अधिकार रहनेगरी नयाँ विद्येयक आउने भएको छ । प्रजनन् अधिकारलाई ध्यानमा राखेर कारागार ऐन २०१९ संशोधन र एकीकरण गर्न बनेको नयाँ विद्येयकमा पति वा पत्नी जो कारागार भएपनि सन्तान प्राप्तीका लागि एकै ठाउँमा रहने व्यवस्था हुनेछ । कारागारमा भएपनि यौन सम्पर्क राख्न मिल्ने गरी नयाँ कानुन आउन लागेको हो । बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन् । बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न मिल्ने छ।

गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा समेत पाउने बताइएको छ । सुत्केरी हुँदा उनीहरूलाई दुई महिना परिवारसँग बिताउन दिइनेछ।

सरकारले यी दुई व्यवस्था समेटेर कारागार ऐन संशोधन विधेयक तयार पारेको हो। कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार संसद्को आउँदो हिउँदे अधिवेशनमा ‘कारागार ऐन २०१९ संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेस गरिँदै छ ।

Share.

Leave A Reply