गैडाकोटमा सुरु भयो ग्रास रुट फुटवल÷आज दोस्रो र तेस्रो चरणका खेलहरु हुने

0

डोलराज रानाभाट, गैडाकोट, २२ कार्तिक । नवलपुर जिल्ला फुटवल संघको आयोजनामा हिजो बिहीवारदेखि गैडाकोटमा ग्रास रुट फुटवल सुरु भएको छ । प्रतियोगितामा १० वर्ष मुनिका ८ विद्यालय र १३ वर्ष मुनिका १० विद्यालयका छात्र, त्यस्तै १३ वर्ष मुनिका छात्रा तर्फ ८ विद्यालयले सहभागीता जनाएका छन् ।


प्रतियोगिताको उद्घाटका दिन हिजो ९ वटा खेल सम्पन्न भएको छ । ८ वटा चरण हुने खेलको हिजो पहिलो चरण सम्पन्न भएको र आज दोस्रो र तेस्रो चरणका खेलहरु हुने नवलपुर जिल्ला फुटवल संघका महासचिव लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजयी हुने समुहगत विद्यालयका खेलाडीहरुलाई पुसमा हुने प्रदेश चरणको खेलहरुमा लगिने छ । अखिल नेपाल फुटवल संघले ४८ वटा जिल्लामा एकै साथ उक्त खेल संचालन गरेको कार्कीले जानकारी दिुनभयो । गैडाकोट खेलकुद समितिको सह आयोजनामा जारी खेलमा गैडाकोट फुटवल क्लव र नगर बाल संजाल गैडाकोटले सहयोग गरेका छन् ।

कार्यक्रमका संयोजक निर्मल आलेको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रको प्रमुख अतिथि वडानम्वर ४ का वडा अध्यष कृष्ण न्यौपानले रहनुभएको थियो । ग्रास रुट फुटवल कार्यक्रमका उप संयोजक सुदन पराजुलीले संचालन गर्नुभएको कार्यक्रममा जनप्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक, टोल विकास संस्थाका प्रतिनिधि, व्यवसायीहरुको सहभागीता रहेको थियो ।

Share.

Leave A Reply