गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

0


कार्तिक २०, पोखरा । गण्डकी प्रदेशको नवनियुक्त प्रमुख अमिक शेरचनले बुधबार दिउसो आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।
बुधबार बिहानै पदबहाली गर्ने कार्यक्रम रहेपनि जहाज अवतरणमा ढिलाई हुँदा कार्यक्रम साढे तीन घन्टा ढिला भएको थियो । बुधवार दिउसो १.३० बजे पोखरा एयरपोट झर्नुभएका प्रमुख शेरचन सिधै पोखराको पार्दी स्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
पदबहालीसँगै शेरचनले देशमा देखापरेको संकट निवारणमा समझदारी र सहमतिमार्फत भूमिका खेल्ने बताउनुभयो । संचारकर्मीसँग प्रमुख शेरचनले जनतासँग प्रत्येक्ष सरोकार राख्ने र उनीहरुको समस्या समाधान गर्नकै लागि तीन तहको सरकार र नयाँ संविधान निर्माण भएको जनाउँदै विगतको राजनीतिक सहमति अनुसार अगाडि वढेको सरकारसँग समन्वय गर्दै आफू अगाडि वढ्ने प्रतिक्रिया दिनुभएको थियो । आफू कुनै एक पार्टीबाट नियुक्त भएपनि प्रदेश प्रमुखभएसंगै अब आफू सबैको साझा व्यक्ति भएको उहाँले बताउनुभयो ।


७७ वर्षीय शेरचनको जन्म गण्डकी प्रदेशकै म्याग्दी जिल्लाको औखरबोट गाउँमा भएको थियो । उहाँले वि.स. २०१७ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो ।
प्रदेश प्रमुख शेरचनलाई स्वागत गर्न पोखरा विमानस्थलमा आर्थिक मामिला तथा योजना एवं कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुन, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा, राजनीतिक दलको प्रदेश सांसद, मुख्य सचिव, प्रमुख प्रतिपक्ष दलका नेता, प्रहरी प्रमुखहरु, नेपाली सेनाका प्रमुख लगायत उच्च पदस्थ कर्मचारी प्रदेश प्रमुखको स्वागतमा पोखरा विमानस्थल पुगेका थिए ।

Share.

Leave A Reply