नारायणी पुलबाट एक पुरुषले हामफाले, अवस्था गम्भिर

0

कार्तिक २०, गैंडाकोट । पुर्वी नवलपरासीको गैंडाकोट र चितवनको नारायणगढ जोड्ने पूर्व पश्चिम राजमार्ग अन्र्तगत नारायणी पुलबाट नारायणी नदीमा एक पुरुषले हाम फालेका छन् ।

आज (बुधबार) विहान करिव ९ः३० बजेको समयमा पहिचान नखुलेको अन्दाजी ५०÷५५ वर्षीय एक पुरुषले नारायणी पुलबाट हाम फालेका वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । एक पुरुषले पुलबाट हाम फालेको जानकारी पाउनासाथ तत्काल प्रहरीको टोली खटिइ निजलाई घाइते अवस्थामा उद्धार गरेको छ ।

गम्भिर अवस्थामा उद्धार गरिएको पुरुषलाई भरतपुर अस्पतालमा राखिएको छ । उनको अवस्था गम्भिर रहेको जनाईएको छ ।

Share.

Leave A Reply