बौदीकाली ५ मा नेकपा र कांग्रेसका उम्मेदवार खडा

0


कार्तिक १९, वौदीकाली । नवलपरासीको पहाडी क्षेत्र बौदीकाली गाउँपालिका–५ मा हुने अध्यक्ष पदको निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस नवलपुरले उम्मेदवारको टु∙ो लगाएका छन् । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपा र नेपाली कांग्रेसले उम्मेदवारको टु∙ो लगाएका हुन् ।
नेकपाले वडाध्यक्षका लागि खिमबहादुर थापा खरुमगरलाई निर्वाचनमा उठाउने सर्वसम्मत निर्णय गरेको छ । जिल्ला कमिटीको बैठकले सर्वसम्मतरूपमा खरुमगरलाई वडाध्यक्ष पदमा उठाउने निर्णय गरेको नेकपा जिल्ला कमिटी अध्यक्ष रोशनबहादुर गाहाले बताउनुभयो । खरुमगर बौदीकाली–५ नेकपाको वडा कमिटी सदस्यका रुपमा रहनुभएको छ ।
त्यस्तै नेपाली कांग्र्रेस बौदिकाली गाउँपालिकाले तुलबहादुर राना (अनिल) लाई सिफारिस गरेको नेपाली कांग्र्रेसका जिल्ला सभापती विष्णु लामिछानेले जानकारी दिनुभयो । कांग्रेस नवलपुरले गाउँपालिकाको निर्णय अनुसार नै उम्मेदवार तयार गरेको पार्टी सचिब बालकृष्ण घिमिरेले बताउनुभयो ।
तत्कालीन नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्ष दलबहादुर खरूमगरको ह्दयघातका कारण निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुनलागेको हो ।

Share.

Leave A Reply