बिकासका लागि संञ्चार अभियानमा बिजय एफएमः ‘हाम्रो गाउँ हाम्रो आवाज’ आज घोषणा गरिदै

0

माया कंडेल

गैडाकोट,  कार्तिक  १६ ।

विजय सामुदायिक सुचना तथा संचार लिमिटेडद्धारा संचालित विजय एफएम १०१.६ले बिकासका लागि संञ्चार अभियान अन्र्तगत हाम्रो गाउँ हाम्रो आवाज २०७६/०७७ औपचारिक घोषणा एवं अन्र्तरक्रिया कार्यक्रम गर्ने भएको छ । आज गैंडाकोट नगरपालिका वडा नम्बर १८ को कार्यालय परिसरमा औपचारिक घोषणा एवं अन्र्तरक्रिया कार्यक्रम हुने जनाईएको छ । गैंडाकोट वडा नम्बर १८ का आवाजलाई समेटने गरि हाम्रो गाउँ हाम्रो आवाज संञ्चार अभियान सुरुवात गर्न लागिएको विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले बताउनुभयो ।

गैंडाकोट १८ मा रहेका समस्या उजागर गर्ने र सम्भावना पहिल्याउन यस अभियानले महत्वपूर्ण भुमिका खेल्ने उपाध्यायले बताउनुभयो ।विजय खबर, विजय एफएममा हरेक साताको मंगलबार , बुधबार गैंडाकोट १८ मा रहेका बिभिन्न बिषयमा केन्द्रित रहेर रिपोर्ट  र समाचार प्रकाशन र प्रशारण गर्नेछ । गैंडाकोट ३ मा संचालित नमुनाग्राम संचार अभियानले त्यस वडाको बिकासमा सहयोगी भुमिका खेलेको विजय सामुदायिक सुचना तथा संचार लिमिटेडका अध्यक्ष गोपीनाथ खरेलको भनाई छ । उहाँले गैंडाकोट ३ का स्थानीयको आवाज जस्तै गैंडाकोट १८ का स्थानीयको आवाज समेट्न यो अभियान शुरु गरिएको बताउनुभयो । शनिबार हाम्रो गाउँ हाम्रो आवाज २०७६/०७७ औपचारिक घोषणा गर्न लागिएको भएपनि वडा नम्बर १८ का आवाजलाई विजय एफएम र विजय खबरले स्थान दिदै आएको पनि अध्यक्ष खरेलको भनाई छ ।

यसअघि गैंडाकोट ३ मा गरिएको नमुनाग्राम संचार अभियानले त्यहाको समस्या उजागर गर्ने र सम्भावना पहिल्याउन महत्वपूर्ण योगदान गरेको स्थानियबासीको भनाई छ ।

Share.

Leave A Reply