प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

0

काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । डिस्चार्जसँगै उहा प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको छ । हिजो अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्रीको हेमोडाइलाइसिस गरिएको अस्पतालद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको थियो । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । डा.पाण्डेले पत्रकार सम्मेलन गरी आजै उहालाई डिस्चार्ज गर्ने निर्णय भएको जानकारी दिनुभएको थियो ।अस्पतालबाट बाहिरिनु अघि उहाले आफ्नो स्वास्थ्य सेवामा खटिनु भएका चिकित्सक, नर्स लगायत सबैलाई धन्यवाद समेत दिनुभएको थियो ।

Share.

Leave A Reply