चालकको लापार्वाहीले चाडपर्वमा धेरै दुर्घटना, दसैँ तिहारमा नवलपुरमा ८ जनाको मृत्यु

0

डोलराज रानाभाट, गैडाकोट १४ कार्तिक । दसैँ र तिहार २०७६ मा नवलपुरमा सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । दसैँमा ५ जना र तिहारमा ३ जना गरी ८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका इन्सपेक्टर सुरेश कुमार शाहाले जानकारी दिनुभयो । पूर्व पश्चिम राजमार्ग अन्तगर्तको गैडाकोट देखि वर्दघाट सुस्ता पूर्वसम्मको सडकमा बढि दुर्घटना हुने क्षेत्र भएपनि वितेका वर्षहरुमा भन्दा दुर्घटनामा न्यूनिकरण हुँदै गएको उहाँले बताउनुभयो । तिहारको ५ दिनमा जिल्लामा भएको ७ वटा सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको र १० जना घाईते भएको उहाँले जानकारी दिनुभयो । दसैँमा भने १५ वटा सवारी दुर्घटना ५ जनाको मृत्यु र २३ जना घाइते भएका थिए । तिहारको ५ दिनमा गैडाकोटमा मोटरसाइकललाई बसले ठक्कर दिँदा दुइ जनाको ज्यान गएको थियो भने अर्को दुर्घटना अरुणखोलमा भएको शाहाले बताउनुभयो ।
अहिले अधिकाँश दुर्घटना चालकको लार्पावाहीका कारण हुने गरेको पनि उहाँको भनाई छ । जिल्ला प्रवेश नाका गैडाकोट, रजहर, कावासोती र चोरमारामा सवारी चेकजाँच तीव्र पारिदा दुर्घटनामा कमी आएको बताउँदै शाहाले जहाँ चेकजाँच गर्ने अन्तरालको सडक छ तीनै ठाउँमा अधिकाँश दुर्घटना भएको बताउनुभयो । यसले पनि चालकको लार्पावाही बढि देखिएको उहाँको भनाई छ । यदी चालक मात्रै धैर्य र नियम पालना गरेर सवारी चाउने हो भने दुर्घटनानै नहुनेपनि उहाँले बताउनुभयो । सडकको अवस्था र सवारीको इन्जिन लगायतमा आएको खरावीले दुर्घटना नभएको भन्दै चालक सहित यात्रुपनि जागरुक हुन आवश्यक भएको बताउनुभयो ।
अहिले दसैँ, तिहार र छठलाई मध्यनजर गरेरै यात्रु सहायता कक्ष स्थापना गरेको, पर्चा पम्प्लेट वाँडिएको र फलफलुक चोकमा रिफ्रिेस सेन्टर समेत स्थापना भई संचालनमा आएका कारण दुर्घटनामा न्यूनिकरण भएको उहाँको भनाई छ । तर सोचेजसरी दुर्घटनामा कमी नआएको भन्दै ट्राफिक प्रहरीले मात्रै यसको रोकथाम गर्न कठीनाई हुने बताउनुभयो । चाडपर्व मात्रै नभई हरेक समय ट्राफिक प्रहरीले चेतनामुलक सन्देश प्रवाह जारी राखेको चेकजाँचलाई नियमित बनाएको भन्दै सवैको सहयोग र साथ भएमा दुर्घटनालाई घटाउन सकिने बताउनुभयो ।

Share.

Leave A Reply