दुई तिहाईको सरकार असफलतातर्फः नेता डा. शेखर कोइराला , हुप्सेकोटमा काँग्रेस पुस्तकालयको उद्घाटन

0

माया कंडेल, गैडाकोट, १४ कार्तिक । नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले अहिलेलेको सरकार २ तिहाईको भएपनि काम गर्न नसकेको आरोप लगाउनुभयो । सरकारभित्रकै व्यक्ति भष्ट्रचारमा मुछिनु , यौन दुव्र्यवहार र बलात्कारको मुद्धा खेप्नुले यो सरकारले काम गर्न नसक्ने स्पष्ट भएको दाबी समेत डा. कोईरालाको छ । नवलपुर जिल्लाको नेपाली काग्रेस हुप्सेकोटले स्थापना गरेको कांग्रेस पुस्तकालयको बिहिबार उद्घाटन गर्दै कोइरालाले एकपछि अर्को काण्डमा सरकारका व्यक्तिहरुनै मुछिनुले सरकार असफलता बाटोमा हिँडेको उहाँको भनाई थियो ।
नेपाली काग्रेस हुप्सेकोटको पार्टी कार्यालय बेलाहानिमा काग्रेस पुस्तकालयको स्थापना गरिएको हो । कोइरालाले हरेक व्यक्तिले अध्ययन गर्ने बानीको बिकास गर्नुपर्नेमा जोड दिनुभयो । अध्ययन गरेर बोल्न्ुपर्ने तर आजभोली बिना अध्ययन बोल्ने बानीले आफैलाई नोक्सान हुने डा. कोईरालाले बताउनुभयो । उहाँले स्कुल , कलेज पढने बिद्यार्थीलाई पूस्तकालयले अझै पढने प्रेरणा जगाउने बताउनुभयो । अझै गाउँ गाउँमा पूस्तकालयको स्थापना गर्दे पढने बानीको बिकास गर्नुपर्नेमा डा. कोईरालाको जोड थियो ।
हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले ईतिहास पढेर जानी जानिने भएकाले पुस्तकालयको आवश्यकता भएको बताउनुभयो । नेपाली काग्रेस हुप्सेकोटले स्थापना गरेको काग्रेस पुस्तकालयको उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले नेपाली काग्रेसको ईतिहास र मर्म नविर्सनका लागि हुप्सेकोटले पुस्तकालय स्थापना गरेको समेत बताउनुभयो । कांगे्रसको नया पुस्तामा अध्ययन गर्ने बानी वृद्धि गर्नका निमित्त पुस्तकालय स्थापना गरिएको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष पाण्डेको भनाइ छ । अध्ययन नगर्ने बानीले पछि परिने बताउनुभयो । कांग्रेसका हरेक व्यक्ति अध्ययनशील र जहिकहि प्रस्तुत हुँदा जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताउनुभयो ।
कांग्रे्रेस पुस्तकालयमा नेपाली कांग्रेसको इतिहास , कांग्रेसका नेताहरुको जिबनी,नेपाली कांग्रे्रेसले गरेको काम लगायतका पुस्तकहरु पुस्तकालयमा रहेका छन ।

Share.

Leave A Reply