सेनाले सुरक्षा प्रतिवेदन संसदमा पेश नगर्ने

1

५ साउन, काठमाडौ । नेपाली सेनाले सुरक्षा परिषदको वाषिर्क प्रतिवेदन संसदमा पेश गर्नु आवश्यक नरहेको जनाएको छ । नेपाली सेना जननिर्वाचित संसदप्रति उत्तरदायी हुने भएकाले राष्ट्रिय सुरक्षा परिषदबाट भएको कामको वाषिर्क प्रतिवेदन संसदमा पेश गर्नु आवश्यक नरहेको जनाएको हो ।

सैनिक मुख्यालय भद्रकालीमा पृतनापतिहरुको भेलाले यो सुझाव दिएको राजधानी दैनिकमा खबर छ ।

भेलामा राष्ट्रिय सुरक्षासम्बन्धी काम गर्ने निकायले वाषिर्क प्रतिवेदन पेश गर्दा कानून बमोजिम गोप्य राख्नुपर्ने सूचनाको जानकारी दिन कसैलाई बाध्य पारिने छैन भन्ने सूचनाको हकलाई पूर्णतया लागू गर्नुपर्ने र सो सूचना प्रवाह हुँदा राष्ट्रिय सुरक्षामा गम्भीर असर पर्न भएकाले संसदमा वाषिर्क प्रतिवेदन पेश गर्नु आवश्यक नरहेको निश्कर्ष निकालिएको थियो ।

पृतनापतिहरुको भेलाबाट आएको सुझावको निश्कर्षसहित नेपाली सेनाले सोही भाषामा प्रस्तावित मस्यौदामाथि सुझाव पेश गरेको छ ।

Share.

1 Comment

Leave A Reply