धुसेरी सामुदायिक वनको २९औं साधारण सभा कार्तिक १५ गते हुने

0

प्रेम क्षेत्री
कार्तिक १४, देवचुली । देवचुली नगरापालिकाको रजहरमा रहेको धुसेरी सामुदायिक वन उपभोक्ता समूहको २९औँ वार्षिक साधारणसभा शुक्रबार हुने भएको छ ।

यहि कार्तिक १५ गते शुक्रबार बिहान ११ः०० बजेबाट धुसेरी सामुदायिक वनको सभाहलमा साधारण सभा सुरु हुने धुसेरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लोकबहादुर कार्की क्षेत्रीले जानकारी दिनुभयो ।

नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्लाको पुर्व पश्चिम राजमार्गबाट रजहरदेखी उत्तरतर्फ सामुदायिक वनको हराभरा भुभाग देख्न सकिन्छ । यो जिल्ला वन कार्यालयमा दर्ता भएको जिल्लाकै पहिलो सामुदायिक वनको रुपमा चिनिन्छ । देवचुली नगरपालिका १६ र १७ मा रहेको यस वनले २०५१ सालदेखि वन संरक्षणको विधिवत् प्रमाण–पत्र लिई वन संरक्षण गर्दै आएको छ । पटक पटक वन क्षेत्र थप गर्दै हाल ४०२.१३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । शुरुवाती अवस्थमा यो ६७.५ हेक्टरमा फैलिएको थियो । उपभोक्ता सदस्यहरुको वृद्धि र वन पैदावरको अधिक मागका कारण राष्ट्रिय वनको क्षेत्रफल माग गरि थप गरिएको वनका कार्यालय सचिव चिन्तामणी चापागाईले जानकारी दिनुभयो ।
वन स्रोतको व्यवस्थापन, संरक्षण र विकासमा स्थानीय उपभोक्ताहरुको सहभागिता जुटाउने उपभोक्ताई आवश्यक घाँस, काठ, दाउरा र अन्य वन पैदावर उपलब्ध गराउने कार्यमा कार्य समिति क्रियाशिल रहेको छ । भु–क्षय, वाढि, पहिरो न्यूनीकरण गर्ने जैविक विविधता संरक्षण गर्ने गराउने कार्यलाई निरन्तरता दिईरहेको छ । वनले जैविक विविधता, धुसेरी सिमसार र पर्यापर्यटन प्रवद्र्धन तथा संरक्षणमा महŒवपूर्ण योगदान पु¥याएको छ ।

सामुदायिक वनको संरक्षण, संवद्र्धन, दिगो उपयोग, वातावरण सन्तुलन, जैविक विविधता संरक्षण एवम् गरिबी न्यूनीकरणमा समेत पु¥याएको योगदानको कदर गर्दै वन तथा भू–संरक्षण मन्त्रालय, वन तथा भू–संरक्षण विभागले दोस्रो स्थानको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट सम्मान समेत गरेको छ ।

Share.

Leave A Reply