सर्यो प्रथम डाँडाझेरी महोत्सव, नयाँ मिति मंसिर ५ देखि ९ गतेसम्म

0

डोलराज रानाभाट, गैडाकोट, कार्तिक १३ । यही कार्तिक २१ गतेदेखि २४ गतेसम्म नवलपुरको डाँडाझेरी स्थित भाङबारीमा हुने भनिएको महोत्सव सरेको छ । विशेष कारणवस महोत्सव आगामी मंसिर ५ देखि ९ गतेसम्म हुने आयोजक समिति डाँडाझेरी गैडाकोट विकास समाजका अध्यक्ष दुर्गा वहादुर मसराङ्गी ले जानकारी दिनुभयो ।

महोत्सवको मिति सर्दा पर्न गएको असुविधाप्रति आयोजकले सवैमा क्षमा माग्दै नयाँ मिति मंसिर ५ देखि ९ सम्म हुने महोत्सवलाई सफल पारिदिन सवैमा अनुरोध गरेको छ ।

नवलपुरको उत्तरी पहाडी गाउँ डाडाझेरीमा भएका पर्यटकीय ठाउँहरुको पहिचान र स्थानीय कला संस्कृतिको सरंक्षणका साथै त्यहाँ भएका उत्पादनको बजारीकरणका लागि पहिलो पटक ऐतिहासिक प्रथम डाडाझेरी महोत्सव २०७६ को आयोजना गरिएको हो ।
महोत्सवमा सुपथ मूल्यमा कालिगण्डकी नदीमा र्याफ्टीङ गर्न सकिने, परापूर्वक कालमा राजाले देह त्याग गरेका ढुङ्गाको अवलोकन गर्न सकिने, मनोकाँक्षा पुरा गराइदिने जलदेवी मन्दिरको दर्शन गर्न सकिने,स्थानीय मौलिक भेषभूषा सहितको झाँकीहरु हेर्न सकिने, आदिवासी जनजातिहरुको मौलिक तथा अर्गानीक परिकार खान सकिने,अर्गानीक सुन्ताला, वन तरुल,अदुवा कागती, केरा, अम्रिसो आदिको अवलोकन सहित सुपथ मुल्यमा किनमेल गर्न सकिने,तातो चिसो पानीको अवलोकन गर्न सकिने,स्थानीय कला संस्कृति झल्कने मौलिक कौरा, पन्चेबाजा, झाम्टा, नचरी नाच सहित स्थानीय र राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

विश्वकै महत्वपूर्ण सांस्कृति सम्पदा बोकेको शिला पाउने एक मात्रै नदी कालिगण्डकीको किनारमा अवस्थित डाँडाझेरीको भाङवारी पुग्न पूर्वपश्चिम राजमार्गको दलदलेबाट ४० किलोमिटर र गैडाकोट ढोडेनी हुँदै ४२ किलोमिटरको कच्ची सडकमा स्कुटर, मोटरसाइकल, जीप, अन्य चार पाग्रेँ सवारीको उत्तर तर्फको यात्रा पछि पुग्न सकिन्छ ।

पर्याप्त पर्यटकीय सम्भावना भएपनि प्रचार प्रसार र संरक्षणमा ओझेल परेका स्थानहरुको प्रवद्र्धन, संरक्षण, प्रचारप्रसारका साथै समग्र गाउँकै विकासका लागि एतिहासिक महोत्सव भएको प्रचारप्रसार समितिका संयोजक मन प्रसाद भाटले जानकारी दिनुभयो ।
डाँडाझेरी गैडाकोट विकास समाज आयोजक रहेको महोत्सव सफल पार्न बुलिङ्गटार गाउँपालिका २ डाँभडाझेरी सह आयोजक र बुलिङ्गटारा गाउँपालिका मुख्य प्रायोजक रहेको छ ।

Share.

Leave A Reply