कांग्रेसका प्रभावशाली नेता डा. शेखर काेईराला नवलपुर आउने

0

कावासोती,१३ कार्तिक ।

नेपाली कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रिय सदस्य डा. शेखर कोइराला नवलपुर आउनुहुने भएको छ । नवलपुर जिल्लाको नेपाली काङ्ग्रेस हुप्सेकोटले स्थापना गरेको काङ्ग्रेस पुस्तकालय उदघाटन गर्न कार्तिक १४ गते बिहिवार हुप्सेकोट आउने हुनुभएको हो।
उहाँले काङ्ग्रेस पुस्तकालय उदघाटन गरी आम सभामा सहभागी हुने कार्यक्रम तय भएको महासमिती सदस्य लक्ष्मी पान्डेले बताउनुभयो। काङ्ग्रेस पुस्तकालयमा नेपाली काङ्ग्रेसको इतिहास , काङ्ग्रेसका नेताहरुको जिबनी,नेपाली काङ्ग्रेसले गरेको काम लगायतका पुस्तकहरु समाबेश हुने पान्डेले जानकारी गराउनु भएको छ।

काङ्ग्रेसको नया पुस्तामा अध्ययन गर्ने बानी वृद्धि गर्नका निमित्त पुस्तकालय स्थापना गर्न लागिएको उहाँको भनाइ छ। कार्यक्रम नेपाली काङ्रेस हुप्सेकोटको पाटी कार्यालय बेलाहानिमा भोली बिहान ११ बजे हुने बताइएको छ

Share.

Leave A Reply