प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य परीक्षण सकियो

0


काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको नियमित स्वास्थ्य परीक्षण सकिएको छ ।

बुधबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि काठमाण्डौको धापासीमा रहेको ग्राण्डी इन्टरनेशनल अस्पताल पुग्नुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

उहाँ आजै सरकारी निवास बालुवाटर फर्कने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले जानकारी दिनुभयो । १२ वर्षअघि मिर्गौला फेरेकाले उहाँले नियमित स्वास्थ्य परीक्षण गराउँदै आउनुभएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गएको भदौ महिनामा उहाँले सिंगापुरको नेशनल युनिर्भसिटी अस्पतालमा उपचार गरेर आएपछि प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण गर्दै आउनुभएको छ ।

Share.

Leave A Reply