डा. केसीले सोमबारदेखि पुनः अनसन सुरु गर्ने 

0


कात्तिक,१३ ।
प्राध्यापक डा.गोविन्द केसीले आउँदो सोमबारबाट १७ औँ अनसन सुरु गर्ने भएका छन् । असोज २७ गते पत्रकार सम्मेलन गर्दै डा.केसीले १६ औँ अनसनसम्म सरकारसँग भएका विभिन्न सहमति पुरा नगरे भाइटिकाको भोलिपल्ट अर्थात कात्तिक १३ बाट अनसन बस्ने जनाएका थिए । तर कात्तिक १३ मा सार्वजनिक विदा परेको हुँदा अनसन कात्तिक १८ गते सारेका हुन् । डा.केसीका हरेक काममा सहयोग गर्दै आएका प्रितम सुवेदीका अनुसार अहिलेसम्म सरकार पक्षबाट वार्ता तथा माग सम्बोधनको लागि कुनै पनि चासो नदेखाइएको हुँदा आउँदो सोमबारदेखि डा. केसीले अनसन सुरु गर्न लागेका हुन् । २७ गतेबाट अवकास लिएका डा.केसी अहिले विभिन्न जिल्लामा स्वास्थ्य क्षेत्रको बारेमा जानकारी लिइरहेका छन् । १६ औं अनसन इलाममा बसेका डा.केसीले १७ औँ अनसन कुन जिल्लामा बस्ने भन्ने बारेमा भने टुङगो लागेको छैन ।

Share.

Leave A Reply