दुम्कौली स्थित प्रतिक्षालयमा एक पुरुषको शव भेटियो

0


कात्तिक १३, देवचुली
पूर्वी नवलपरासी देवचुली नगरपालीका दुम्कौली स्थित प्रतिक्षालयमा एक पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । नाम थर वतन नखुलेको अन्दाजी ५०÷५२ बर्षको मंगोलियन जस्तो देखिने पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । प्रहरीले मुचुल्का कार्य पुरा गरी शव पोष्टमार्टमकोे लागी भरतपुर अस्पताल चितवन पठाईएको र अन्य अनुसन्धान कार्य भईरहेको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply