७ महिनामा १४ हिमाल चढेका निर्मलले कायम गरे नयाँ कीर्तिमान

0

कार्तिक १३, गैडाकोट । पूर्व गोर्खा सैनिक ३६ वर्षिय निर्मल पुर्जाले १४ अग्ला हिमाल चढेर नयाँ विश्वकीर्तिमान कायम गर्नुभएको छ । उहाँले ७ महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर नयाँ कीर्तिमान बनाउनुभएको हो । यस अघि यो रेकर्ड पोल्याण्डका जेर्जी कुकुक्जाको नाममा थियो । उहाँले ८ वर्ष लगाएर सन् १९८७ मा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढ्नुभएको थियो ।
मंगलवार विहान ८ बजेर ५८ मिनेटमा चीनको शिशापाङ्मा हिमाल आरोहण गरेसँगै उहाँले सात महिनाको छोटो अवधिमा ८ हजार मिटरभन्दा अग्ला सबै हिमालको आरोहण गरि नयाँ कीर्तिमान राख्न सफल हुनुभएको हो ।

Share.

Leave A Reply