दलदलेबाट पक्राउ परेका जुवाडेहरुको तिहार हिरासतमै , अदालत खुलेपछि बल्ला प्रकृया अघि बढ्ने ।

0

गैडाकोट, १२ कार्तिक । नवलपुरको देवचुली नगरपालिबाट जुवा खेलिरहदा पक्राउ परेका २८ जनाको तिहार प्रहरी हिरासतमै वित्ने भएको छ । दलदलेमा रहेको देवचुली पार्टी प्यालेसबाट प्रहरीले सोमवार विहान साँढे १२ बजे २८ जना जुवाडेलाई पक्राउ गरेको थियो । कौवा खेलिरहेको अवस्थामा ५ लाख ८० हजार ५ सय ५० रुपैयाँ सहित २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी रहेको र अदालत खुलेपछि मात्रै प्रकृया अघि बढ्ने प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । अदालत नखुल्ने भएपछि पक्राउ परेकाहरुको तिहार प्रहरी हिरासतमै वित्ने भएको छ । उनीहरुको साथबाट नगद सहित प्रहरीले १ थान कौडा बोर्ड र १६ थान कौडा समेत बरामद गरेको छ । उनीहरुलाई प्रहरीले विशेष सुराकीको आधारमा राति साढे १२ बजेतिर नियन्त्रणमा लिएको हो ।

देवचुली पार्टी प्यालेसबाट २८ जना जुवाडे पक्राउ , नाम सार्वजनिक

Share.

Leave A Reply